ब्रेकिङ्ग ः फेरी अर्को दुर्घटना: काठमाडौ जाँदै गरेको बस धादिङको गजुरीमा सडकबाट खस्यो ! विस्तृत जानकारी आउँदै

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नं ६, जरेमा बस दुर्घटना हुँदा ९ जना घाईते भएका छन् ।
धादिङबेसीबाट काठमाडौ जाँदै गरेको गरेको बा३ख २८६८ नम्बरको ग्रामीण यातायातको बस सडकबाट खस्दा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सन्जय तिमिल्सीनाले जानकारी दिए ।
घाईतेहरुको गजुरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।
ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट बस तल खसेको प्रहरीको भनाइ छ ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment