गण्डक न्युज पोखरा, २५ फागुन / पोखरा लेखनाथ महानगरपालिका ३२ स्थित तल्लो गगनगौंडामा विद्यार्थी बोकेको स्कुल बस पल्टिएको छ । बिएमजी स्कुलको ग १ क १९०२ नम्बरको बस सडक छेउमा पल्टिएको हो ।
केहि समय अघि दुर्घटनामा तीन विद्यार्थी घाईते भएको लेखनाथबाट पत्रकार कविराज खनालले जनाएका छन् । विद्यालयबाट विद्यार्थीलाई घर फर्काउँदै गर्दा बाटैमा दुर्घ
टना भएको हो । इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोविन्द पुरीले सईको कमाण्डमा प्रहरी घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको गण्डक न्युजलाई जानकारी दिए । चालक नियन्त्रणमा रहेका छन् ।
स्थानीयले भने चालकले मापसे गरेको आरोप लगाएको छ । मापसे जाँच गरेपछि मात्र भन्न सकिने प्रहरी बताउँछ । (थप विवरण आउन बाँकी ।)
0 comments:
Post a Comment