पत्याउनुहुन्छ ? आफूहरुलाई धेरै तलब दिएको भन्दै क्यानडामा डाक्टरले गरे आन्दोलन, तलब नघटाए कामै नगर्ने चेतावनी

आफूहरुलाई दिइएको तलब सुविधा बढि भएको भन्दै क्यानडाका पाँच सय भन्दा धेरै चिकित्सकले विरोध गरेका छन् । चिकित्सकहरुले एक विरोध पत्रमा सामुहिक रुपमा हस्ताक्षर गर्दै आफूहरुलाई दिइएको सुविधा धेरै भएको बताएका हुन् । आफू भन्दा तल्लो तहका कर्मचारी तथा नर्सले काम अनुसार पारिश्रमिक नपाएको तर आफूहरुलाई भने आवश्यकता भन्दा धेरै तलब दिइएको उनीहरुको भनाइ छ । 
 
उनीहरुले विरामीले पाउनुपर्ने सुविधा पनि नपाइरहेको अवस्थामा चिकित्सकको तलब बढ्नु आश्चर्यजनक भएको बताएका छन् । साथै उनीहरुले आफूहरुको वृद्धि गरिएको तलब कटौति गर्न पनि माग गरेका छन् । चिकित्सकहरुले पत्रमा भनेका छन्, ‘स्वास्थ्य क्षेत्रका श्रोतहरु सबैलाई समान रुपमा वितरण गर्ने धेरै विकल्पहरु छन्, र तीनले आम नागरिकको स्वास्थ्यमा सुधार ल्याउन सक्छ भने तल्लो तहका कर्मचारीहरु पनि मारमा पर्ने छैनन् ।’
क्यानडामा एकजना चिकित्सकले वार्षिक २ लाख ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने गरेका छन् । 
एजेन्सीको सहयोगमा
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment