BREAKING NEWS !! मेक्सीको को भुकम्पमा परी अमेरिका हिडेका १५ नेपालीको मृत्यू,११ जना अझै व्यपत्ता !


मेक्सिको सिटी  – मेक्सिकोमा मङ्गलबार राति शक्तिशाली भूकम्प गएको छ । यसमा परी २२० जनाभन्दा बढीको ज्यान गएको समाचार छ । 
 
भूकम्पले मध्य मेक्सिकोलाई बढी क्षति पु¥याएको छ । भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ । 
अधिकारीहरुले भूकम्पको धक्का निकै नै शक्तिशाली महसुस भएको र यसको केन्द्रबिन्दुको मापन गहिराईमा नभएर बढी सतहमा गरिएकोले ठूलो जनधनको क्षतिको अनुमान गरेको जनाएका छन् । 
 
मध्य मेक्सिकोको मोरलोस् सहरमा मात्र ५४ जनाको मृत्यु भएको छ । अधिकारीहरुले ५४ जनाको शव भेटिएको र अरु कैयौँ व्यक्ति भूकम्पबाट भत्किएका भग्नावशेषमा पुरिएको हुनसक्ने अनुमान छ । 
 
मध्य मेक्सिकोका जोजुत्ला, कयुरोनभाका, टेटेकाला, माइकाल्टान नामका सहरहरुमा बढी क्षति पुगेको अनुमान गरिएको मेक्सिको सरकारका मुख्य सचिव मातिलास क्वीरोजले जानकारी दिएका छन् । 
 
उनका अनुसार भूकम्पपछि देशैभरी ठूलो त्रास छाएको छ । उद्धारको कार्य जारी रहेको भए पनि पराकम्पनहरु आइरहेकोले चुस्त हुन नसकिरहेको उनले जानकारी दिए । 
 
पुएब्ला राज्यम मात्र ४१ जनाको ज्यान गएको सो राज्यका गभर्नर टोनी गालीले टेलिभिजन अन्तर्वार्तामा भनेका छन् । उनका अनुसार तीमध्ये १५ जना त चर्चमा प्रार्थना गरिरहेका बेला भवन भत्किँदा मारिएका थिए । 
 
राजधानी मेक्सिको सिटीमा पनि ठूलो क्षति पुगेको छ । उक्त सिटीका मेयर माइगल एनगेलले सो सिटीमा मात्र ३० जनाको ज्यान गएको छ । 
 
सो सिटीमा २९ वटा भवन पूर्ण रुपमा ढलेका छन् । आंशिक रुपमा भवनमा क्षति पुगेको, आवास क्षेत्रका घरहरुमा पनि क्षति पुगेको र बिजुली बत्ती र पानीको वितरण प्रणालीमा अवरोध उत्पन्न भएको पनि उनले जानकारी दिएका छन् । 
 
पूरै क्षतिको विवरण आएको छैन । तर, सहरी इलाकामा पनि ठूलो संख्याका भवनहरु भत्किनुका साथै त्यसमा परेर कैयौँ स्थानीय पुरिएका वा चेपुवामा परेका अनुमान गरिएको छ । 
 
मेक्सिकोका मेयर एनगेलले दिएको जानकारीअनुसार सो क्षेत्रमा अरु धेरै मानिस मारिएका हुनसक्छन् । उनीहरुका बीचमा त्रास फैलिएको र भागाभागमा धेरै मानिस परेको उनले बताए । 
 
पुएब्ला मेक्सिकोको मध्य भागमा पर्ने राज्य हो । सोही राज्यमा भूकम्पको केन्द्रबिन्दु रहेको छ । सो राज्यमा मापन गरिएकोमा भूकम्प ७.१ म्याग्निच्युडको रहेको बताइएको छ । 
 
यसअघि दुई हप्तामात्रअघि पनि मेक्सिकोमा यो भन्दा झनै शक्तिशाली भूकम्प गएको थियो । मेक्सिकोमै यही सेप्टेम्बर ७ मा ८.१ म्याग्निच्युडको भूकम्पमा परी ९० जनाको ज्यान गएको थियो । 
 
मेक्सिकोमा यस शताब्दीकै यी दुइ वटा सबैभन्दा ठूला भूकम्प हुन् । मेक्सिकोलाई दुई हप्ताभित्रै यसरी शक्तिशाली भूकम्पले क्षति पुराएको भन्दै यहाँका सरकारी अधिकारीहरुले धैर्यधारण गर्न सबै नागरिकमा आह्वान् गरेका छन् । 
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment