काठमाडौं । पुस २ । नुवाकोटको शिवपुरी गाँउपालीका ६ समुन्द्रादेवीमा एक युवकको ख्याल ख्यालैमा ज्यान गएको छ । स्थानीय युवाहरुको समुहले शिवपुरी ६ स्थीत लिखु खोलामा करेन्ट जोडेर माछा मार्ने क्रममा अचानक करेन्ट सर्ट भई शिवपुरी ६ समुन्द्रादेवीका २० बर्षका बिर बहादुर तामाङको ज्यान गएको छ । हिजो बिहान करिब ९ः३० बजे तिर माछा मार्ने क्रममा करेन्ट सर्ट भई बिरबहादुरको ज्यान गएपछि उनका साथीहरुले परालको कुनिउमा लागेर लासलाई छोपेर भागेका थिए । मृतक बिरबहादुरको शवलाई अहिले जिल्ला अस्पताल नुवाकोटमा राखिएको छ भने घटनामा संलग्न युवकहरुको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तस्वीर गोकर्ण पाण्डे
Home / Uncategories / शिवपुरीमा परालले छोपेको अवस्थामा युवकको शव भेटियो ! पहिचान नखुलेकोले सेयर गरेर आफन्तसम्म पुर्याईदिनुहोस
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment