ब्रेकिङ : वीरगञ्जको सुपर ग्यास उद्योगमा फेरी सल्कियो आगो, जलेर निभाउन गएकाको पनि मृत्यू !

वीरगञ्जको सुपर ग्यास उद्योगमा फेरी सल्कियो आगो, जलेर निभाउन गएका पनि मृत्यू !! वीरगंजको सुपर ग्यासमा बिहान साढे ६ बजेदेखि लागेको आगो नेपाल ग्यास कम्पनीका केही कर्मचारीहरुले भिजाएको बोरा लिएर उद्योग भित्र पसेर लिकेज बन्द गरेपछि आगो नियन्त्रणमा आएको उद्योगका प्रबन्धक दिवाकर खड्काले बताउनुभयो ।

वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १४ गण्डक नहर नजिक रहेको सुपर ग्यास उद्योगमा बिहान आगो लागेको हो । बिहान उद्योगका बुलेटबाट ग्यास लिक भएपछि उद्योगका कर्मचारीहरु भागेको प्रबन्धक खड्काले बताउनुभयो । ग्यास लिक भएपछि स्थानीय प्रहरी प्रशासनलाई खबर गरेको उहाँले बताउनुभयो । स्थानीय प्रशासनले वीरगंज महानगरको वारुण यन्त्र उद्योग स्थलमा पठाउन लगाएको हो । उद्योगमा पुगेको वारुण यन्त्रले उद्योग परिसरमा पसेर पानीको पाइप मिलाएर चेक गर्नका लागि वारुण यन्त्र स्टार्ट गर्दा आगलागी भएको घटनास्थलमा रहनु भएको प्रहरी नायव निरीक्षक यज्ञ चौलागाईले बताउनुभयो ।
‘गाडी स्टार्ट गर्दा आगोको झिल्को फाल्यो (स्पार्क गर्‍यो ) अनि आगो लाग्यो’, चौलागाईले भन्नुभयो  । ग्यास लिक भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक कुरा बुझ्न गण्डक चौकीका प्रमुख चौलागाई उद्योगमा पठाएको हो । ग्यास बगेको देखिन्थ्यो उहाँले भन्नुभयो । स्टयाण्डबाई राख्नुपर्ने दमकल स्टार्ट भएपछि आगो लाग्यो अनि ज्यान जोगाउन भागियो । चौलागाईको खुट्टा खाली थिए भने प्रहरी हवलदार ब्रह्मनारायणको शरीर हिलाम्मे भएको थियो ।
उद्योगमा लागेको आगोको लप्काले वारुणयन्त्रका कर्मचारीहरुलाई लपेट्यो । वारुणयन्त्रका यादव अधिकारी मदुसुदन मिश्रको ज्यान गयो । संजीव नेपाल र अरुण महतो गम्भिर घाइते भए । घाइते दुवैलाई थप उपचारको लागि बिहान पौने ११ बजे हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।
यता ग्यास लिक किन भयो भन्ने विषयमा उद्योगले केही खुलाएको छैन । तर ग्यास लिक भएपछि उद्योगका कर्मचारीहरु उद्योग छाडेर भागेको घाइते भएका कर्मचारी अमिका राउत कुर्मीले बताउनुभयो । उहाँको वीरगंजको हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ । उद्योगमा रहेको ग्यास बुलेटमा जर्बजस्ती क्षमताभन्दा बढी ग्यास भर्न खोज्दा ग्यास लिक भएको स्रोतले बताएको छ । तर उद्योग प्रशासनले भने ग्यास लिक हुनुको कारण भने बताएको छैन ।

 बस्ती खाली गराइयो

उद्योगमा जडान गरिएका तीनवटा बुलेटमा आगो लाग्ने र त्यो पड्किने आशंकामा स्थानीय प्रशासनले उद्योग नजिकका बासिन्दालाई सुरक्षित स्थानमा जान अपिल गर्‍यो । उद्योगमा आगलागी हुँदा साना ग्यास सिलिण्डरहरु पड्केको आवाज टाढासम्म आइरहेको थियो । सुरक्षाकर्मीले १ किलोमिटर अगाडि नै इटियाही पोखरी नजिकबाट कसैलाई जान दिएको थिएन् ।
पोखरीबाट डेढ किलोमिटर उत्तर पश्चिममा रहेको उद्योगमा अग्नि नियन्त्रक कुनै पनि व्यक्ति वा यन्त्रले काम गर्न सकेन् । आगो निभाउन उद्योगमा पस्ने सक्ने अवस्था नभएपछि स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काममा स्थानीय प्रशासनले प्रथामिकता दिएको थियो । जनधनको क्षति हुन नदिनका लागि प्रहरीले माइकिङ गरेर वरिपरीको बस्तीलाई खाली गराइरहेको छ । आगो नियन्त्रणमा जान सक्ने अवस्था थिएन् । ग्यास बुलेट विस्फोट हुँदा लामो ठाउँसम्म प्रभाव पार्ने भएकोले चिन्तित रहेका स्थानीयबासिन्दा आगो नियन्त्रणमा आएपछि भने ढुक्क छन् ।
गण्डकमा नास्ताको पसल सञ्चालन गर्नुभएकी ७२ वर्षीया नुर नेशाले आफ्ना नातिनातिना, छोरीबुहारी वीरगंजको कुम्हालटोलमा रहेको आफन्तको घरमा पठाउनुभयो । ‘मैले लामो जीवन व्यतित गरे । म बुढी मरे पनि केही हुँदैन, (नातिनातिना देखाउँदै) यिनीहरुले बाँच्नु पर्छ । त्यसैले म जान्न । तर यिनीहरुलाई पठाउँछु ।’  नेशाले भन्नुभयो ।

नियन्त्रणको प्रयासमा के गरियो

आगलागी नियन्त्रण गर्नका लागि वीरगंजमा रहेको भारतीय महावाणिज्य दूतावासको कार्यालयको समन्वयमा भारतको रक्सौलस्थित भारतीय आयल कर्पोरेसन (आइओसी)को डिपोबाट पेट्रोलियम पदार्थमा लागेको आगो निभाउने उपकरण तथा केमिकलहरु ल्याउने प्रयास भएको बताइएपछि अन्तिमसम्म त्यो आएन् । रक्सौलबाट वारुणयन्त्र भने आएको थियो ।
त्यस्तै कलैया उपमहानगरपालिका सिमरा लगायतका स्थानबाट बारुणयन्त्र भने झिकाइएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी बिनोदप्रकाश सिंहले डिजेल पेट्रोलबाट भएको आगलागीलाई नियन्त्रण गर्न सक्ने प्रविधि उपलब्ध हुनसक्ने बताउनुभयो । तर उहाँले ग्यासबाट लागेको आगो निभाउने कुनै यन्त्र आफूहरुसँग नरहेको स्पष्ट पार्नुभयो ।

राहत वितरण

ग्यास उद्योगमा लागेको आगो नियन्त्रणमा नआएपछि स्थानीय प्रशासनले भने अनुसार नै स्थानीयबासिन्दाहरु बस्ती छाडेर बाहिरिए । मनियारी, भवानीपुर, इटियाही, जगरनाथपुर पटेलनगर लगायतका बस्तीका बासिन्दा सुख्खा बन्दरगाहबाट निस्कने ६ लेनको सडकमा निस्किएका थिए ।
सुरक्षाका कारण कसैले पनि घरमा आगो बालेनन् । चुलो नबलेपछि भोकै सडकमा गएका जनतालाई चिउरा, भुजा, मिठा, चाउचाउ, पानी जस्ता खाद्य सामाग्री वितरण गरिएको थियो ।
वीरगंज महानगरपालिका, क्षेत्र नम्बर २ का सांसद विमल श्रीवास्तव, तवरेज अहमद, मुकेश द्विवेदी, शशि कपूर मिया, अजय साह, नेपाली कांग्रेसका नेताहरु अनिल रुङटा, अजयकुमार चौरसिया, रामनारायण कुर्मी, ओमप्रकाश शर्मालगायतको टोलीले राहत सामग्री वितरण गरेको थियो ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment