नेपाल र भारतबीचको एक महत्वपूर्ण सीमा नाका सुनौलीमा भारतीय प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएपछि केही महिनायता त्यहाँबाट हुने आयात तथा निर्यात प्रभावित भइरहेको अधिकारीहरुले बताएका छन्।
त्यसबारे भारत समक्ष धेरैपटक कुराकानी गरिएपनि अवस्था पूर्ण समाधान हुन नसकेको उनीहरुको भनाइ छ।
व्यवसायीहरुका अनुसार नेपाली तथा भारतीय अधिकारीहरुलाई उक्त समस्याबारे पटकपटक ध्यानाकर्षण गराइएको छ।
सुनौली नाकाका सशस्त्र सीमा बल एसएसबीले सुरक्षाका कारण देखाउँदै सामान पठाउन कडा गरेपछि सीमा पारीबाट सामान आउने क्रम स्वात्तै घटेको व्यवसायीहरुले बताएका छन्।
सीमा पारी करिब २५ किलोमिटरसम्म मालबाहक ट्रकको लाइन रहने गरेको र समयमा सामान ल्याउन नसकिएपछि त्यसले व्यापारमा नकारात्मक असर परेको सिद्धार्थ नगर उद्योग वाणिज्य संघका सचिव नेत्रप्रसाद आचार्यले बताए। उनले भने, पहिलेको तुलनामा भारतले २५ प्रतिशतमात्र गाडीहरु छोडेको छ। भारतको सरकारभन्दा पनि त्यहाँको प्रहरीले गाडी नछोडेर मुख्य समस्या दिएका छन्। समयमा सामान नआएपछि न उद्योग संचालन गर्न पाइन्छ न व्यापार व्यवसाय गर्न पाइन्छ।
हाल सुनौली नाकाबाट सामान नेपाल ढुवानी गर्न लामो समय लाग्ने र खर्च बढ्ने डरले भारतीय यातायात व्यवसायी पनि तर्कन थालेको गुनासो व्यवसायीहरुको छ।
सीमा पारी देखिएको समस्या हल गर्न भारतीय अधिकारीहरुसंग थुप्रैपटक
पहल भएको स्थानीय व्यावसायीहरुले बताएका छन्।
तर भारतीय उच्च अधिकारीहरु फर्किएपछि समस्या फेरि उस्तै हुने गरेको आचार्य बताउँछन्।
नेपाल सरकारले यस विषयमा सम्बन्धित भारतीय पक्षसंग कुराकानी गरिरहेको जनाएको छ। सुनौली नाकाको समस्या छिट्टै समाधान हुने राजस्व सचिव शिशिर ढुंगानाले बताए।
उनले भने,स्थानीय तवरबाट स्थानीय भन्सार प्रमुखले त्यहाँको समकक्षी र त्यहाँका सुरक्षा निकायहरुसंगको समन्वयमा कोसिस गरिरहनु भएको छ। केन्द्रबाट पनि हामीले परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूतावाससंग समन्वय गरेर यसलाई व्यवस्था गर्ने प्रयास गरेका छौं। अब बिस्तारै यो समस्या समाधान हुन्छ भन्नेमा हामी विश्वस्त छौं।
भारतीय पक्षले सीमा सुरक्षाको कारण देखाएकाले विषय संवेदनशील भएको र सीमा पारी हुने सुरक्षा व्यवस्थामा हस्तक्षेप गर्न नमिल्ने भनाइ कतिपय नेपाली अधिकारीले राखेका छन्।
त्यसबारे भारत समक्ष धेरैपटक कुराकानी गरिएपनि अवस्था पूर्ण समाधान हुन नसकेको उनीहरुको भनाइ छ।
व्यवसायीहरुका अनुसार नेपाली तथा भारतीय अधिकारीहरुलाई उक्त समस्याबारे पटकपटक ध्यानाकर्षण गराइएको छ।
सुनौली नाकाका सशस्त्र सीमा बल एसएसबीले सुरक्षाका कारण देखाउँदै सामान पठाउन कडा गरेपछि सीमा पारीबाट सामान आउने क्रम स्वात्तै घटेको व्यवसायीहरुले बताएका छन्।
हाल सुनौली नाकाबाट सामान नेपाल ढुवानी गर्न लामो समय लाग्ने र खर्च बढ्ने डरले भारतीय यातायात व्यवसायी पनि तर्कन थालेको गुनासो व्यवसायीहरुको छ।
तर भारतीय उच्च अधिकारीहरु फर्किएपछि समस्या फेरि उस्तै हुने गरेको आचार्य बताउँछन्।
उनले भने,स्थानीय तवरबाट स्थानीय भन्सार प्रमुखले त्यहाँको समकक्षी र त्यहाँका सुरक्षा निकायहरुसंगको समन्वयमा कोसिस गरिरहनु भएको छ। केन्द्रबाट पनि हामीले परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूतावाससंग समन्वय गरेर यसलाई व्यवस्था गर्ने प्रयास गरेका छौं। अब बिस्तारै यो समस्या समाधान हुन्छ भन्नेमा हामी विश्वस्त छौं।
भारतीय पक्षले सीमा सुरक्षाको कारण देखाएकाले विषय संवेदनशील भएको र सीमा पारी हुने सुरक्षा व्यवस्थामा हस्तक्षेप गर्न नमिल्ने भनाइ कतिपय नेपाली अधिकारीले राखेका छन्।

0 comments:
Post a Comment