बादरमुढे चितवनमा प्रचण्डले यसरी बनाएका थिए ३८ जनाको एकै चिहान,त्यही प्रचण्डलाई चितवनबासीको भोट ?

बादरमुढे चितवनमा प्रचण्डले यसरी बनाएका थिए ३८ जनाको एकै चिहान,त्यही प्रचण्डलाई चितवनबासीको भोट ?  घटनाका दोसीलाइ कारबाही गर्छन् त प्रचण्ड, कि भोटको मात्रै राजनीति हो ??माडीमा बादरमुढे घटना भएको आज १0 वर्ष पुग्यो
चितवनको माडीमा बादरमुढे घटना भएको आज १0 वर्ष पुगेको छ । चितवनको माडीस्थित कल्याणपुर गाविसको बाँदरमुढे खोलामा तत्कालिन नेकपा माओवादीले थापेको एम्बुसमा परि ३८ जनाको मृत्यु भएको थियो ।
माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते बिहान पौने ८ बजे बाँदरमुढे खोलामा विद्युतीय धरापमा पर्दा ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए ।
घटनाको स्मृतिमा आज बादरमुढे घटना पीडित समितिले अनौपचारिक शोकसभा कार्यक्रमको आयोजना गरेको छ । मुलुक अहिले विपदको समयमा भएकाले अनौपचारिक कार्यक्रम गरिएको समितिका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
 घटना भएको १० बर्ष पुगिसकेको भएपनि अझै आफुहरुले राहत र न्याय नपाएको पीडितहरुले गुनासो गर्दै आएका छन् । पीडितहरुलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ६० लाख रुपैयाँ राहतको प्याकेज घोषणा गरेपनि पिडीतहरुले मानविय संबेदनालाईे पैसासंग जोडेको भन्दै उनले घोषणा गरेको राहतको प्याकेज बहिस्कार गरेका थिए ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment