प्रकाश दाहालको निधनमा उनका दुई श्रीमतीको रोधन करुणदायी थियो । बुबा प्रचण्ड र आमा सिताको विक्षिप्तताले देशै सोकमय देखिन्थ्यो । वियोगका बीचमा प्रचण्ड परिवारमा दुई बुहारीको मिलन चर्चाको विषय बन्यो । तर, बाहिर चर्चा भएजस्तो यो मिलनले सार्थक रुप लिन सकेन । लाजिम्पाटको ताला बुझेकी भनिएकी विवाहित बुहारी सृजना लाजिम्पाटबाट बाहिरिएकी छिन् ।
सृजनालाई दाहाल परिवारले पहिलेजस्तै अलग बस्न दबाब दिएको बुझिएको छ। प्रकाशको दाहसंस्कारपछि आर्यघाटबाट सृजना आफ्नै हिसाबले लाजिम्पाट पुगेकी थिइन्। उनको आगमनलाई प्रचण्डले परिवारकै सदस्यमा गुपचुप राखेका थिए। प्रकाशकी कान्छी श्रीमती बिना र आमा सितालाई सृजनापनि निवासमा रहेको जानकारी दिइएको थिएन।
सो कार्यक्रममा सहभागी हुन बिना चुनावी कार्यक्रमबाट रातारात फर्किएकी थिइन् । सृजनाले प्रकाशको श्रद्धान्जली कार्यक्रममा आफू सहभागी हुन किन नपाउने भन्ने अडान लिएपछि सन्तुलन मिलाउन बिनालाई पनि रोकिएको लाजिम्पाट निकट स्रोतले बतायो। बिनाले सृजनालाई घरमा राख्न नहुने भन्दै सासूससुरा र अमाजु रेणुलाई दबाब दिएको बुझिएको छ।
शोकमा रहेका दुईको आपसी मिलन भइदिए प्रचण्ड परिवारमा केही भएपनि राहत मिल्ने आम चाहना कम्तिमा पनि अहिलेलाई अपूरो रहेको छ । यसबारेमा बुहारी सृजना र बिनासँग सम्पर्क गर्ने नेपाल आजको प्रयास बिफल रह्यो । सृजना पहिलेकै डेरामा साँझपख पुगेको र बिना लाजिम्पाटमै रहेको स्रोतले जानकारी दियो।-नेपाल आज बाट
0 comments:
Post a Comment