बीना मगरले सार्वजनिक कार्यक्रममै भनिन् -'म प्रचण्डको बुहारी होईन !'

नेकपा माओवादी केन्द्रकी नेतृ तथा शक्तिशाली राजनीतिज्ञ पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरले आफू प्रचण्डकी बुहारी हैन भन्दै स्टेज चढ्दा सबै अचम्वित परे । चुनावी सभामा कञ्चनपुरको सभा स्टेजमा उनले जब शब्द थप्न थालिन् म प्रचण्डकी बुहारीभन्दा पहिला कञ्चनपुरको छोरीका रुपमा चिनिन चाहेकी छु । यति बोलिनसक्दै तालिका गड्गडाहट सुरु भए । धेरैका खुशीले आँशु रसाए । ‘मलाई कञ्चनपुरकी छोरीका रुपमा चिनिन मन छ,’ उनले भनिन्, ‘आगामी निर्वाचनमा कञ्चनपुरका आमाबुबा दाजुभाईले मतदान गरेर कञ्चनपुरकी छोरीलाई संसद र सिंहदरवारमा पु¥याउँदैछन् ।’
उनले जुनसुकै नेता पनि पराजित भएर क्षेत्रमा नफर्किने परम्परालाई तोड्दै २०७० सालमा पराजित भएर पनि आफू निरन्तर कञ्चनपुरको विकासमा सक्रिय रहेको बताइन् । ‘पराजित भएर पनि थुप्रै विकास योजना र कार्यक्रम भएका छन्,’ उनले भनिन्, ‘चुनाव जितेपछि विकासमा आधिकारिक भूमिका खेल्न सजिलो हुन्छ ।’ बिनाको पक्षमा मत माग्दै माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार जीवलाल चौधरी र नेकपा एमालेबाट कञ्चनपुरको १ ख मा प्रदेशसभा सदस्यमा प्रत्यक्ष उम्मेदवार कुलवीर चौधरीले आफुहरुलाई मत मागे ।
नेकपा माओवादी केन्द्रकी नेतृ बिना प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रको बेलडाँडीस्थित चवन्नी बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा डडेल्धुराका प्रतिनिधिसभा सदस्य उम्मेदवार खगराज भट्टले भट्टले स्थानीय उम्मेदवार बिना मगरप्रति फैलाइएको अफवाहबारे प्रष्टीकरण दिँदै बिना मगर कञ्चनपुरमा माओवादी आन्दोलनको उद्गम बिन्दु आइबीआरडीबाट स्थापित महिला नेतृ भएको बताए ।
‘कञ्चनपुरको आइबीआरडीमा जन्मिएकी बिना मगर जतिबेला ९–१० वर्षकी हुनुहुन्थ्यो, त्यतिबेलादेखि माओवादी आन्दोलनमा हुनुहन्छ,’ भट्टले भने, ‘राज्यले माओवादीलाई लखेटिरहेको बेला बिना मगरको बुबाले माओवादी आन्दोलन र पार्टी कार्यकर्तालाई आइबीआरडीमा संरक्षण गर्नुभएको हो ।’ जनयुद्धताका माओवादी आन्दोलनमा आवद्ध नेता कार्यकर्ताले जनयुद्धताका मिठो खाना खान बिना मगरको बुबालाई सम्झिनुपर्ने बाध्यतालाई भट्टले स्मरण गरे । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य टेकेन्द्रप्रसाद भट्टले बिना मगर बाल्यकालदेखि नै माओवादी आन्दोलनमा जोडिएर २७ महिना जेल जीवन बिताएको नेतृ भएको बताए ।
‘बिना मगरको जन्मभूमि कञ्चनपुर नै हो, उहाँले कञ्चनपुरलाई नै कर्मभूमि बनाउनुभएको छ,’ नेता भट्टले भने, ‘उहाँलाई प्रचण्डको बुहारीका रुपमा मात्रै प्रचार गरेर माओवादी आन्दोलनमा उहाँले गर्नुभएको योगदानको अवमूल्यन गरिन्छ । उहाँ हाम्रो पार्टीको सर्वोच्च कमाण्डर प्रचण्डको बुहारी हुनुहुन्छ, त्यसमा पनि हामीले गर्व गर्नुपर्छ । कञ्चनपुरको हाम्रो छोरी बहिनी पार्टी कमाण्डरको बुहारी हुनु हाम्रो गौरवको कुरा हो । उहाँले यो सम्बन्धबाट कञ्चनपुरको विकासमा सहयोग गर्नुहुन्छ ।’ – जनावोलीन्युजबाट
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment