मतदान केन्द्रमा भर्खरै शक्तिशाली बम विस्फोट,विस्तृत विवरण आउँदै ....!


 पोखरा लेखनाथ महानगरपालिका वडा नं ९ नयाँबजारस्थित नेकपा एमाले कास्कीको पार्टी कार्यालय नजिकै शुक्रबार साँझ बम बिस्फोट भएको छ।
बिस्फोटमा परी धादिङ घर भएका सन्तोष सिंखडा घाइते भएका छन्। प्रहरीका अनुसार, सेतो गाडीमा आएको अज्ञात समूहले प्रेसर कुकर बम बिस्फोट गराएको हो। बिस्फोटक पदार्थ राख्ने बित्तिकै पड्केको थियो।
पोखरामा बाम गठबन्धनले भोलि शनिवार आयोजना गर्न लागेको चुनावी आमसभालाई प्रभावित गर्ने उदेश्यले बम बिस्फोट गराइएको अनुमान गरिएको छ। यद्यपी बम कसले र किन बिस्फोट गरायो भन्ने बारेमा केहि खुलेको छैन।
बम विस्फोट हुँदा आसपासका घरहरुमा सामान्य क्षति पुगेको छ। स्थानीयका अनुसार, घरका सटर कुच्चिएका छन्।
कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बिस्फोटमा संलग्नको खोजी भइरहेको बताए।
अहिले पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ। शहरी क्षेत्रका चोक÷चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी चेकजाच बढाइएको छ।
ओली निवासको मूल गेटमा राखिएको शंकाष्पद वस्तु
९ मंसिर, झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज बिहान करिब ४ बजे बम विष्फोट भएको छ ।
दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।
मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ । विष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, नेपाली कांग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विष्फोट भएको छ । विष्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा७च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । 
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment