जेठ १८ – यूरोपको च्यानलले ब्रेकिङ न्यूजमा शाहरुख खानको मृत्युको खबर राखेर सबैलाई अचम्मित बनाइदिएको छ । यद्यपी, उक्त खबर झुटो साबित भयो ।
यूरोपियन न्यूज नेटवर्कको च्यानल एल पेसले ‘ब्रेकिङ न्यूज’मा शाहरुख खानको विमान दुर्घटनामा मृत्यु भएको भन्ने खबर प्रसारण गरेको छ । उनीलगायत अन्य सातजना एक प्राइभेट जेट गल्फस्ट्रीम G550 बाट पेरिस जाने क्रममा दुर्घटना भएको बताएको छ ।
च्यानलको समाचारमा दुर्घटना खराब मौसमका कारण भएको बताइएको थियो ।मुम्बई मिररको खबर अनुसार मुम्बईका ज्वाइन्ट कमिश्नर देवेन भारतीले शाहरुखको समूलाई फोन गर्दा शाहरुख पूर्ण रुपमा स्वस्थ भएको र मुम्बईमा सुटिङ भइरहेको जानकारी दिए ।रिपोर्टका अनुसार शाहरुखको मृत्युको खबर सार्वजनिक भएको यो पहिलो घटना भने होइन ।त्यतिबेला उक्त खबर मुम्बईको आला अफिसरको ह्वाट्सएप ग्रुपमा पनि सार्वजनिक भएको थियो ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment