पुरै गाउँवासी काँग्रेसमा प्रवेश, चुनावको मुखैमा ध्वस्त भयो एमालेको गढ


लमजुङ  । नेकपा एमालेका नेता एबं क्षेत्र नं. १ लमजुङबाट प्रत्यक्षतर्फबाट निर्वाचित एमाले नेता जमिन्द्रमान घलेको आफ्नै गाउँबाट पुरै एमाले नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमालेको गढ मानिने भुलभुलेको वडा नं ५ को ङादी र तराञ्चे गाउँका पुरै स्थानीय काँग्रेसमा प्रवेश गरेका छन् । 
प्रवेश गर्नेहरुमा नेकपा एमाओवादी भुलभुलेका पूर्व ईञ्चार्ज बुद्धराज गुरुङको नेतृत्वमा माओवादी समर्थित ब्यक्ति र एमालेका पूर्व वडाध्यक्ष रामबहादुर भण्डारीको नेतृत्वमा नेकपा एमाले समर्थित कार्यकता काँग्रेसमा प्रवेश गरेका हुन् । शनिबार एमाले र माओवादी गरी १ सय १२ जना व्यक्तिले काँग्रेसको सदस्यता लिएका हुन् । 
शनिबार तराञ्चेमा भएको एक कार्यक्रमका बिच स्थानीयहरु काँग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेपाली काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेल र पूर्व जलस्रोत राज्य मन्त्री रामबहादुर गुरुङले नेपाली काँग्रेसको सदस्यता प्रदान गरे । उनीहरुले खादा र टिका लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका थिए । 
एमालेको  समर्थन गर्दै आएका गाउँलेले बिकास निर्माण र अन्य सबालमा निकै पक्षपातपूर्ण ब्यबहार र एमालेको स्थानीय नेताको ब्यबहारबाट रुष्ट हुँदै आएका थिए । 
शनिबारको भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति भेषबहादुर पौडेलले काँग्रेसले मात्रै जनतालाई समान ब्यबहार, जनताको पक्षमा आवाज उठाउने भएकाले काँग्रेस पक्षमा जनलहर आएको बताए । उनले बिकास निर्माण र जनताको हित अनुकुलको नीति नियम काँग्रेसले बनाएको बताए । 
पूर्व जलस्रोत राज्य मन्त्री रामबहादर गुरुङले बिकासका मुहार फेर्न र राज्यको सम्बृद्धिका लागि काँग्रेसले निरन्तर सोचिरहेको दावी गर्दै जनताको असली प्रतिनिधिलाई जनातले बिबेकपूर्ण तवरबाट चिन्न र सोही खालको ब्यबहार गर्न आग्रह गरे । 
नेपाली काँग्रेस भुलुभुले गाउँकार्य समितिका सभापति कृष्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिब हरी बराल, कोषाध्यक्ष श्रीकान्त घिमिरे, पूर्व सचिब आनन्द घिमिरे, जिल्ला सदस्य नरबहादर गुरुङ, लोकनाथ घिमिरे, तरुण दलका जिल्ला सदस्य कर्मा गुरुङ, भुलभुलेका अध्यक्ष छिरीङ गुरुङ लगायतको उपस्थिती थियो । 
कार्यक्रमको सहजीकरण नेपाल दलीत संघका जिल्ला सदस्य बिनोद परियारले गरेका थिए । 
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment