जापानमा ६ दशमलव ९ को शक्तिशाली भुकम्प


जापानमा ६ दशमलव ९ को शक्तिशाली भुकम्प गएको छ । नेपाली समय अनुसार आज बिहान पौने तीन बजे जापानको उत्तरपूर्वी प्रान्त फुकुशिमा केन्द्रविन्दु भएर ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पपछि सुनामी आउन चेतावनी दिइएको छ । जापानको मौसम विभागले तीन मिटर अग्लो समुद्री छाल आउन सक्ने भन्दा तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । भूकम्पको धक्का राजधानी टोकियोसहित अरु विभिन्न शहरमा पनि महसुस भएको थियो । भूकम्पले नोक्सानी गरेको हुन सक्ने आशंकामा टोकियोको विद्युत सेवामा जाँच भइरहेको छ ।
फुकुशिमा उर्जा प्लान्टको अवस्था निगरानी गर्न सरकारले विशेष टाक्सफोर्स खटाएको छ । अहिलेसम्म खतराको शंकेत भने देखिएको छैन । अहिलेसम्म भूकम्पका कारण भौतिक तथा मानवीय भएको खबर नआएको जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले जनाएको छ । अमेरिकी भूगर्भ विभागले सुरुमा ७ दशमलव ३ रेक्टरको भूकम्प आएको जनाएको थियो । तर पछि ६ दशमलव ९ रेक्टरको रहेको बताएको हो ।

जापान भूकम्पको उच्च जोखिम रहेको क्षेत्रमा पर्छ । विश्वमा जाने ६ रेक्टर वा त्यो भन्दा माथिका भूकम्प मध्ये २० प्रतिशत जापानमा जान्छ । सन् २०११ मा भूकम्पपछि आएको ठूलो सुनामीका कारण फुकुशिमामा रहेको आणविक उर्जा प्लान्टमा क्षति पुगेको थियो । त्यसबेला १८ हजार भन्दा धेरैको ज्यान गएको  ! 
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment