मतदानका क्रमममा दोलखाको झुलेमा झडप हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये अच्युत कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
तामाकोशी गाउँपालिका झुलेको अमर उच्च मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते भएको दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । घाइते सबैजनालाई थप उपचारको लागि जिल्ला अस्पताल चरिकोट लगिएको छ ।
यस्तै विवादका कारण विगु गाउँपालिकाको थम्पु मावि आलम्पुमा रोकिएको मतदान प्रक्रिया सुरु भएको पनि सहायक प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिनुभयो ।
0 comments:
Post a Comment