सोमालियाका पुनःनिर्माण मन्त्रीको गोली हानि हत्या

banner
00:00
/
00:00
00:00

मोगादिसु । अज्ञात व्यक्तिले गोली प्रहार गर्दा सोमालियाका सार्वजनिक कार्य र पुनःनिर्माण मन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको बुधबार बेलुका निधन भएको छ । 

सोमालियाको राष्ट्रपति कार्यालय नजिकै बन्दुकधारीले उनको हत्या गरेको सूचना तथा सञ्चार मन्त्री अब्दुराहमन ओमर ओस्मनले पुष्टी गरेका छन् । 

“मैले यो दुःखद् जानकारी गराउनु परेको छ की सोमालियाका सार्वजनिक कार्य र पुनःनिर्माण मन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको बुधबार बेलुका मोगादिसुमा अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेको छ, सुरक्षा निकायहरुले घटनाको अनुसन्धान सुरु गरिसकेका छन्,” उनको आत्माले शान्ति पाओस्, ओस्मनले भने। 

मन्त्री सिराजीको हत्याको कारणका बारेमा अनुसन्धान गर्न सरकारले छुट्टै टोली पनि खटाएको उनले जानकारी दिए ।  सोमालियाका एक जना बरिष्ठ प्रहरी अधिकारीले घटनाका बारेमा अनुसन्धान गर्न चार जना सुरक्षाकर्मीहरुलाई निलम्बन गरि नियन्त्रणमा लिइएको बताए । 

सिराजी सोमालियाको सङ्घीय सदनका सबैभन्दा कान्छो सदस्य थिए ।  उनी गत मार्चमा मन्त्री परिषद्को सदस्य भई सार्वजनिक कार्य र पुनर्निर्माण मन्त्री बनेका थिए । रासस/सिन्ह्वा 
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment