फेसबुकले कडाइ गर्ने?


फेसबुकतस्वीर कपीराइटAFP

अनुचित सामाग्री अनुगमन गर्न फेसबुकले तीन हजारजनालाई रोजगारी दिन लागेको बताएको छ।

घृणायुक्त टिप्पणी, बाल दुर्व्यवहार तथा आफैंलाई नोक्सानी पुर्याइएका घटना सो सञ्जालमार्फत प्रसारण हुन थालेकाले नियन्त्रण गर्न अनुगमन कडा पार्न लागिएको बताइएको छ।
फेसबुकका प्रमुख कार्यकारी मार्क जकर्बर्गले मानिसहरुले फेसबुक लाइभमार्फत आफैंलाई अनि अरुलाई नोक्सानी पुर्याएको घटना प्रसारण भएको हेर्नु पर्दा आफ्नो मन कुँडिएको बताएका छन्।
उनले त्यस्ता समस्याकारी भिडियोहरुको रिपोर्टिंग गर्न सहज बनाइने बताए।

परिणाम

उक्त सामाजिक सञ्जालमा हत्या तथा आत्महत्या प्रत्यक्ष प्रसारण गरिएका घटना देखा परेपछि यी नयाँ कदम चाल्न लागिएका हुन्।
एप्रिल महिनामा एकजना मानिसको हत्या भएको छटना फेसबुक लाइभ मार्फत प्रत्यक्ष प्रसारण भयो।
सोही महिनामा एकजना थाई मानिसले आफु स्वयं र आफ्नो सी छोरीको हत्या उसैगरि प्रत्यक्ष प्रसारण गरे।
जकर्बर्गले फेसबुकको समुदाय व्यवस्थापन टोलीमा हाल भएका ४५ सय कर्मचारीका अतिरिक्त थप भर्ना गरेर त्यस्ता सामाग्रीबारे रिपोर्टिंग हुने वित्तिकै चाँडो प्रतिकृया जनाउन लागिएको जनाए।
आफ्नो फेसबुक प्रोफाइलमा लेख्दै उनले कम्पनीले हरेक हप्ता प्राप्त गर्ने दशौं लाख सामाग्रीका रिपोर्टलाई व्यवस्थापन गर्न नयाँ औजार विकास गर्ने भनेका छन्।
"हामी समस्याबारे गुनासो वा रिपोर्ट गर्न सजिलो बनाउनेछौं। जसले गर्दा हाम्रा समीक्षकहरुले कुन सामाग्रीले हाम्रा मापदण्ड नाघ्छन् भनेर छिटो निर्धारण गर्न सक्नेछन्। कसैलाई मद्दत चाहिएमा सम्बन्धित कानुन कार्यान्वयन इकाइलाई खबर गर्न पनि उनीहरुलाई सजिलो हुनेछ," उनले भने।

मार्क जकर्बर्गतस्वीर कपीराइटGETTY IMAGES
Image captionअनुचित सामाग्रीको अनुगमनलाई छिटो र प्रभावकारी बनाउने फेसबुक प्रमुख जकर्बर्गले जनाएका छन्।

उनको सो भनाइले फेसबुकका अनुगमनकर्ताले कानुन कार्यान्वयन निकायलाई, न कि व्यक्ति स्वयंलाई प्रत्यक्ष, सम्पर्क गर्ने संकेत गर्छ।
"गत साता हामीले कोही मानिसले लाइभ भिडियोमा आत्महत्या गर्न लागेको भन्ने जानकारी पायौं। तत्काल हामीले सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायलाई खबर गर्यौं, र तिनलाई आफैंलाई नोक्सानी पुर्याउनबाट जोगाउन सक्यौं," जकर्बर्गले भने।

दुई अर्ब प्रयोगकर्ता

फेसबुकले गत त्रैमासिकको तुलनामा उसको आम्दानी सतहत्तर प्रतिशतले बढेको जनाएको छ। यसले उसको नाफा ३ अर्ब डलर पुगेको छ।
यो वृद्धि खासगरी विज्ञापन आम्दानीमा भएको उल्लेखनीय वृद्धिका कारण भएको बताइएको छ।
प्रत्येक महिना फेसबुकको प्रयोग गर्ने मानिसहरुको संख्या झण्डै दुई अर्ब पुगेको छ।
कम्पनीका अनुसार ती मध्ये १ अर्ब ३० करोड मानिसले हरेक दिन फेसबुक प्रयोग गर्छन्।
अर्थात विश्वको कूल जनसंख्याको एक चौथाइले हरेक महिना फेसबुक प्रयोग गर्छन्। पछिल्ला समयमा थपिने नयाँ फेसबुक प्रयोगकर्ता युरोप वा उत्तर अमेरिकाभन्दा बाहिरका रहने गरेका छन्।
फेसबुकका प्रमुख जकर्बर्गले फेसबुकको विशाल प्रयोगकर्ताको आधारले उक्त कम्पनीलाई आफ्नो भूमिका विस्तार गरि टेलिभिजन, स्वास्थ्य सेवा तथा राजनीतिमा जान अवसर प्रदान गरेको छ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment