फेसबुके माया : अमेरिका पुगेर बिहेको मिति तोकेकी केटि नै फरार

दुलाल नेपाल आउँदा उनीहरुले बिहे दर्ताको लागि प्रोसेस गर्दाको तस्बिर ।
काठमाडौं । सरकारी जागिर छाडेर अमेरिका गएकी चितवन चैनपुर–२ की सभुश्री तिवारी बिहे गरेको १ महिनामै आफ्नो श्रीमान्बाट टाढिएकी छिन् । नेपाल टेलिभिजन प्लसमा काम गर्ने तिकारी श्रीमानकै पहलमा भाग्यले गर्दा अमेरिका जान पाएकी हुन् ।
महाविनाशकारी भूकम्प जानु अघिदेखि नै फेसबुकबाट चिनजान भएका गगन दुलाल (नेपालीबाबु) र तिवारी दिनहुँ म्यासेन्जर र भाइबरमा ३÷४ घण्टा कुराकानी गर्थे । दिनहुँ कुराकानी हुन थालेपछि उनीहरुको फेसबुकबाटै लभ परेको हो ।
अमेरिका बसेर तिवारीलाई पैसा पठाउने गरेको दुलाल बताउँछन् । उनी भन्छन्, ‘उसको पहिले नै अर्कै केटासँग बिहे भएको थियो । पछि उसले त्यो केटासँग डिभोर्स मागेपछि डिभोर्स दिएको हो । त्यसपछि उनीसँग मेरो बिहे भएको हो ।’
सन् २०१६ को अप्रिलमा दुलाल नेपाल आएका थिए । त्यसैबेला तिवारीको अर्को केटासँग डिभोर्स भएपछि उनीहरुले बिहे दर्ता बनाएका हुन् दुलालका नजिकका साथी रमेश श्रेष्ठले भने, ‘मे ११, २०१६ मा उनीहरुले बिहे दर्ता गरेका हुन् ।’
दुलाल नेपाल आउँदा सानोठिमी, भक्तपुरमा एक जना चिनेको आन्टीको घरमा बस्थे । उनीहरुबीचको सबै कुरा थाहा भएपछि तिवारी पनि दुललासँगै उनकै आन्टीको घर जाने आउने गर्थिन् । तिवारी त्यहाँबाट नै अफिस जाने आउने पनि गर्थिन् ।
यसरी नै दिन बितिरहेको थियो । राम्रै थियो । तिवारीले दुलाललाई तपाईसँगै कहिले अमेरिका लैजाने भनेर दिनहुँ प्रश्न गर्ने गरेको दुलाल बताउँछन् । दुलाल नेपाल रहँदा उनीहरु एक हप्तासम्म पोखरा पनि घुमे ।
एक महिने छुट्टीमा नेपाल आएका दुलाल मे २८ मा एक्लै अमेरिका फर्किए । अमेरिका फर्केपछि उनले श्रीमतीलाई पनि अमेरिका ल्याउनको लागि अनेक प्रोसेस सुरु गरे ।
उनीहरुको कल्चर बिहे नभएको कारण तिवारीलाई अमेरिका ल्याउन दुलाललाई धेरै समस्या भएको थियो । तै पनि जसरी नि उनलाई अमेरिका ल्याए । उनी त्यो दिन सम्झँदै भन्छन्, ‘सन् २०१७ मार्च २८ मा उनी अमेरिका आइन् । आएको तीन दिन मात्र हामी सँगै बस्यौं ।’
अमेरिका आएको तीन दिनदेखि उनले दुलालसँग कचकच गर्न थालिन् । मलाई मेरो दाई भएको ठाउँमा पुर्याइदे’ भनेर । दुलाल भन्छन्, ‘आएको तीन दिनमै उनले दाई भएको ठाउँ भर्जिनिया नपुर्याए कि झुण्डिएर मरिदिन्छु भनिन् ।’
तर, तिवारीले भर्जिनियामा रहेका त्यो दाईलाई दुलाललाई पनि चिनाएकी थिइनन् । झुण्डिएर मर्छु भनेपछि डरले नि दुलालले उनीलाई उक्त दाई भएको ठाउँसम्मको टिकट काटेर पठाइदिएको श्रेष्ठ बताउँछन् । तिवारी दाईको मा गएपछि आफ्नो कागजपत्रमा भएको ठेगाना परिवर्तन गरेर बस्न थालिछन्, श्रेष्ठ भन्छन्, ‘तिवारीलाई यहाँको डकुमेन्ट मात्र चाहिएको रहेछ ।’
तिवारी अमेरिका गएको एक महिना पनि पुगेको छैन् । नेपालमा रहँदा तिवारीले नै दुलाललाई अप्रिल १६ तारिख (आइतबार) अमेरिकामा नै बिहे गर्ने प्रस्ताव गरेकी थिइन् । केटीले त्यसो भनेपछि दुलालले पनि बिहे फिक्स गरे । तर, विडम्बना बिहे हुन सकेन् ।
आइतबार बिहे त भएन् । तिवारी अकस्मात आइतबार नआएर मंगलबार दुलाल भएको ठाउँमा पुगिन्् । श्रेष्टले तिवारीलाई तिमीहरुको त १६ तारिखमा बिहे गर्ने कुरा फिक्स भएको थियो किन नआएको ? भनेर प्रश्न गर्दा उनले म केही दिन बिहे गर्दिन भनेर टारेको श्रेष्ठले बताए ।
एक महिनाको बीचमा चार पटकसम्म तिवारी उक्त दाईको मा आउने जाने गरेको दुलाल बताउँछन् । बिहे गर्ने कुरा गर्यो भने म अझैं केही दिन बिहे नगर्ने सोचमा रहेको भन्दै टार्दै आइरहेकी छिन् ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment