चुनाव भाड्न केपी ओलीको पार्टी एमालेले राजावादीहरुसँग १७ करोड़ रकम लिएको खुलासा !

नेपाली जनता जोडने नाममा एमालेले सुरु गरेको मेची महाकाली अभियानका लागि पूर्व राजा ज्ञानेन्द्र समर्थकहरुले १७ करोड रुपैयाँ दिएको खुलासा भएको छ । एमालेको एक उच्च श्रोतले दिएको जानकारी अनुसार, राजावादीहरुले अहिलेको संविधान संशोधन पारित हुन नदिने र स्थानीय चुनाव भाँड्ने शर्तमा त्यति ठूलो रकम दिएका हुन ।

यसरी रकम दिनेहरुमा राजा समर्थक ठूला व्यापारी र कालो धन लुकाएर बसेकाहरु रहेका छन् । अहिले स्थानीय निकायको चुनाव भयो र संविधान पनि संशोधन भयो भने राजा र हिन्दू धर्मका लागि कुनै स्थान नरहने भएकोले उनीहरुले सोझै प्रतिनिधि सभाको चुनावतर्फ देशलाई लैजान एमालेलाई उपयोग गरेको श्रोतको दावी छ ।
“स्थानीय चुनाव नगराउने वातावरण बनाउने, अनि सोझै प्रतिनिधि सभाको चुनाव गरेर अहिलेको भन्दा बढी सीट ल्याउन सकिने उनीहरुको आँकलन छ” श्रोतले बतायो, “त्यसो भएको खण्डमा आफ्नो पक्षमा संविधान संशोधन गरी राजा र हिन्दूवादीहरुलाई बलियो पार्न सकिने उनीहरुले सोचेका छन् ।”
मेची महाकाली अभियानको क्रममा र अन्यत्र पनि एमाले नेताहरुले सिधै प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्छ भन्ने अभिव्यक्ति अलि अलि देखिनुबाट यसको पुष्टि हुने श्रोतले बतायो । एमालेले राजावादीहरुबाट पाएको १७ करोड रुपैयाँबाट ८ करोड रुपैयाँ युवा संघलाई दिएको छ । यो पैसा बिभिन्न जिल्लाबाट कार्यकर्ता ओसार्नका लागि रहेको श्रोतले बतायो ।
अहिले अभियानमा सोही जिल्लाका कार्यकर्ता भन्दा सदाबहार कार्यकर्ता बढी सहभागी देखिएका छन् । कार्यकर्ताको पुरै खर्च र स्थानीय चुनाव भइहालेमा त्यसका लागि पनि सामान्य बीसतीस हजार प्रति कार्यकर्तावापत बाँड्ने काम युवा संघले गर्ने योजना रहेको श्रोतको दावी छ । बाँकी पैसा भने एमालेले अन्य खर्चका लागि छुट्टयाएको बतायो ।
यतिमात्रै नभएर एमालेले केही पूर्व राजावादी व्यापारी र व्यवसायीहरुलाई समेत पार्टीमा प्रवेश गराउने योजना बनाएको समेत श्रोतले बतायो । “सबैलाई पैसा नै प्यारो हुने रहेछ, दुई नम्बरी धन्दा गर्नेहरुले पछि सरकारमा गएको बेला सजिलो हुने शर्तमा एमालेमा आउने देखिन्छ ।” श्रोतको दावी छ । राजावादीहरुबाट पैसा लिएको कुरा सीमित पंक्तिलाई मात्रै थाहा छ ।
तर ओली निकट यवा संघका नेताहरुलाई भने ओलीले अज्ञात श्रोतबाट राम्रै कामका लागि आएको पैसा भनेर बताएको श्रोतले जनायो, “मैले पनि त्यसरी नै युवा संघका नेताहरुबाट यो कुरा सुनेको हो, नत्र योगश भट्टराईहरुलाई समेत यसबारे थाहा छैन । ओलीले आफू निकटबाहेक अरु कसैलाई पनि यसको सूईंको दिएका छैनन ।” संसारपाटी अनलाइनमा खबर छ ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment