काँग्रेस पार्टी कार्यालयमा तोडफोड

स्थानीय तहको निर्वाचनको विवादका कारण नेपाली काँग्रेस रसुवाको कार्यालय तथा स्थानीय नेता नेता चढेको गाडी तोडफोड गरिएको छ।
निर्वाचनको मनोनयपत्रको विवादका कारण हाकुका महिलाले काँग्रेस रसुवाका नेता लामाकार्पु तामाङ चढेको जिपमा ढुङ्गा प्रहार गर्नाका साथै पार्टी फर्निचर र कागजपत्र फालेर कार्यालय तोडफोड गरेको प्रहरीले जनाएको छ। ढुङ्गा प्रहारबाट तामाङ चढेको गाडीको सिसा फुट्नाका साथै सामान्य क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार तोडफोडमा संलग्न पाँच महिलालाई नियन्त्रणमा लिई छानबिन भइरहेको छ। 
पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन।
पार्वतीकुण्ड गाउँपालिकाको अध्यक्षमा हाकुका साङतेम्बा तामाङले टिकट नपाएको झोकमा सो घटना गराएको हुन सक्ने प्रहरीको अनुमान छ। रासस
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment