अदालतको आदेशपछि प्रधानमन्त्री र देउवाबीच भेट वार्ता, भारतीय राजदूत पनि बैठकमा सहभागी
सर्वोच्च अदालतको पछिल्लो आदेशपछि प्रधानन्त्री पुष्पकमल दाहाल र सत्तारूढ दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल सुरू भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री कार्यालयमा भइरहेको वार्तामा नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरी पनि वार्तास्थलमा आइपुगेका छन्। सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाएको महाभियोगको प्रस्तावविरूद्ध परेको रिटमा सुनावाई गर्दै सर्वोच्च अदालतले शुक्रबार सुशीला कार्कीलाई आजैदेखि काममा फर्काउनू भन्दे अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश चोलेन्द्रशमसेर राणाको इजलासले उक्त आदेश जारी गरेको छ। यसैबीच आइतबारदेखि नै प्रधानन्यायाधीश कार्की कार्यालयमा हाजिर हुनेछन्।

0 comments:
Post a Comment