केन्द्रको निर्णयले चितवन कांग्रेस आक्रोशित (फोटो फिचर )

चितवन: वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काग्रेस र माओवादी केन्द्रबीचको तालमेलको चितवनमा विरोध गरेका छन्। भरतपुर महानगरपालिकामा प्रमुखमा माओवादी केन्द्रलाई सहयोग गर्ने केन्द्रिय सहमतिको चितवनका काग्रेस कार्यर्ताले विरोध गरेका छन्।
काग्रेसको बलियो पकड रहेको क्षेत्रलाई माओवादीसंग तालमेल गरी कार्यकर्ताको मनोवल गिराउने काम गरेको आरोप लगाएका छन्। पार्टी कार्यालय अगाडी उनीहरुले आगो बालेर विरोध प्रर्दशन गरेका थिए।
पार्टीको टिकट बेच्न पाईदैन भन्दै पार्टी सभापति शेर बहादुर देउवाको राजिनामाको माग समेत गरेका छन। पोखरा-लेखनाथ र भरतपुर महानगरपालिकामा तालमेल गर्ने केन्द्रको सहमति नमान्ने चेतावनी समेत दिएका छन्। सहमतिको खबर पाउने वित्तिकै कार्यकर्ताहरु पार्टी कार्यालय पुगेका थिए।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाले हस्ताक्षर गरेर उमेदवारी फिर्ताको पत्र पठाएका छन। माओवादी केन्द्रका उपप्रमुखका उमेदवार सुरेन्द्र गुरुङ भने आफै उपस्थित भएका थिए।
उम्मेदवार फिर्ताको समय सकिनु दुई मिनेट अघि काग्रेस सभापति देउवाको पत्र आएको साहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले बताए । यता काग्रेसका तर्फबाट उमेदवार बनेका दिनेश कोईरालाले भने आफुले उमेदवारी फिर्ता नलिने बताएका थिए।

Yamaha
निर्वाचनको ऐन अनुसार उमेदवार दिने दलको आधिकारिक प्रतिनिधिको हस्ताक्षर भए हटाउन ब्यवस्था रहेको सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले बताए। कोईरालालाई उमेदवारी फिर्ता नलिन कार्यकर्ताले आक्रोश पोखेका थिए।
साँझ ५ बजेसम्म निर्धारण गरेको समय भित्र सम्बन्धित दलका उम्मेद्वारले मनोनयन फिर्ता लिने समय तोकिएको थियो। माओवादी केन्द्रका तर्फबाट भरतपुरको प्रमुखमा रेणु दाहाल र कांग्रेसका तर्फबाट पोखरा-लेखनाथको प्रमुखमा रामजी कुँवरले उम्मेद्वारी दिएका थिए।
काँग्रेस माओवादी केन्द्रको तालमेलले चितवन काग्रेसका कार्यकर्ता आक्रोसित बनेका छन्। केन्द्रमा तालमेल भएको खबर पाउने वित्तिकै कार्यकर्ताहरु पार्टी कार्यालय पुगेका थिए। टिकट बेच्न पाईदैन भन्दै चर्को नाराबाजि गरेका थिए।
नाराबाजी गरिरहदा माओवादी कार्यकर्ता घरदैलो कार्यक्रम लिएर काग्रेस पार्टी कार्यालय नजिक पुग्दा काग्रेस कार्यकर्ता आक्रोसित भएका थिए। प्रहरीले माओवादी कार्यकर्तालाई फर्काएका थिए।

Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment