डिभीको लागि छनौट हुनुभएन ? कन्फर्मेशन नम्बर नफ्याक्नुहोस्



सन् २०१८ को डिभी लोटरीका लागि छनौट भए नभएको चेक गर्दा छनौट नभएको विवरण प्राप्त गरेपनि आफ्नो कन्फर्मेशन नम्बर सन् २०१८ को सेप्टेम्बर ३० सम्म आफैसँग राख्न अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट, ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । आफूलाई डिभी लोटरी परे नपरेको कुरा आगामी सेप्टेम्बर सम्म पनि चेक गर्न सकिने भएकाले कन्फर्मेशन नम्बर नफ्याक्न सुझाव दिइएको हो ।
डिपार्टमेन्ट अफ स्टेट, ब्यूरो अफ कन्सुलर अफेयर्सले भनेको छ सन् २०१७ मे २ देखि २०१७ सेप्टेम्बर ३० सम्म ई–डिभीको वेबसाइटमा उपलब्ध एन्ट्रेन्ट स्टेटस चेक हेर्न सक्नुहुन्छ । एन्ट्रेन्ट स्टेटस चेक मार्फत मात्र तपाईँलै आफू छनोट भए नभएको थाहा पाउन सक्नुहुन्छ । त्यसमा भिसा आवेदन तथा आप्रवासी भिसाको लागि अन्तर्वार्ता मिति र समयबारे थप जानकारी समेत दिइएको हुन्छ । सबै भिसाको उपलब्धता सुनिश्चित गर्नका लागि अमेरिकी विदेश मन्त्रालयले २०१७ मे २ पछि थप विजेताहरूलाई सूचित गर्नका लागि एन्ट्रेन्ट स्टेटस चेक प्रयोग गर्न सक्नेछ ।
डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्मेको बर्ष हाल्नुहोला । 
कुनै पनि अध्यावधिक जानकारीका लागि आफ्नो कन्फर्मेशन नम्बर २०१८ सेप्टेम्बर ३० सम्म राखिरहनुहोस् । एन्ट्रेन्ट स्टेटस चेक र डाइभर्सिटी भिसाको लागि अनलाइन आवेदन भर्ने अमेरिकी विदेश मन्त्रालयको एक मात्र आधिकारिक वेबसाइट www.dvlottery.state.gov हो । डिपार्टमेन्ट अफ स्टेट, ब्यूरो अफ कन्सुलर अफेयर्सको भनाई छ ।
बिहिबार, बैशाख २१, २०७४ मा प्रकाशित
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment