आज मुलुकभर कहाँ के भयो ? मृत्यु तथा घाइतेहरुको नाम ठेगाना सहित

आज विहिबार मुलुकभर कहाँ के भयो ? मृत्यु तथा घाइतेहरुको नाम ठेगाना सहित नेपाल प्रहरीको सहयोगमा रिपोट-
सवारी दुर्घटनामा मृत्यु 
मोरङ - बिराटनगर उपमहानगरपालिका–५ स्थित बङलौरी चोक नजिक भित्री सडक खण्डमा को.१ त ६४९२ नम्वरको ट्रयाक्टर विहिवार अनियन्त्रित भई पल्टिन जाँदा चालक सुनसरी रामगंज बेलगछिया–८ बस्ने ३० वर्षीय उमेश उराउ गम्भीर घाईते भएकाले उपचारको लागि कोशी अंचल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
विभिन्न घनमाल चोरी 

काठमाडौँ - कागेश्वरी मनहरा नगरपालिका–१२ स्थित कृष्ण वि.क.ले संचालन गरेको श्रीकृष्ण सुनचाँदी पसलबाट गएराति पसलको ताला काटेर विभिन्न सुनका गरगहना ६ तोला, नगद ३ लाख १९ हजार ८ सय रुपैया र चाँदीका गरगहना अंदाजी २ सय ५५ तोला गरी करीव ८ लाख १८ हजार रुपैयाँ बरावरको धनमाल चोरी भएको छ ।
ललितपुर - बज्रबाराही नगरपालिका –७ ठेचो स्थित शिव प्रसाद चौलागाईले संचालन गरेको कपडा पसलबाट गएराती पसलको ढोकाको चुक्कुल फोडेर करिव १ लाख ८८ हजार रुपैयाँ वरावरका विभिन्न कपडाहरु चोरी भएको छ ।
भिडियो हेर्नको लागि यो तलको बक्समा क्लिक गर्नुहोस
भिरबाट लडेर मृत्यु 
सोलुखुम्बु - गोली–४ दमले बस्ने ३२ बर्षीया सावित्री बस्नेतको विहिबार घरदेखि पूर्व भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment