यी हुन् डा. बाबुराम भट्टराईमाथि जुत्ता हान्ने सन्जीव भट्टराई !


दियोपोस्ट संवाददाता
पोखरा, २२ मंसिर । राजनीतिक दलका नेताहरु अलोकप्रिय बन्ने क्रम बढ्दो छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालमाथि आफ्नै कार्यकर्ताले कार्यक्रम स्थलमै झापड हाने । उनीमात्रै होइन, नेकपा एमालेका पूर्व अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि कार्यकर्ताबाट झापड खानबाट अछूतो रहेनन् । यता पूर्व प्रधानमन्त्री स्वर्गिय सुशील कोइराला पनि कार्यकर्ताको थप्पड नखाएका भने होईनन् । जनता तथा कार्यकर्ताको निशानामा पर्ने नेताको सुचीमा अहिले पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई पनि थपिएका छन् ।
sanjiv-bhattarai
भिडियो हेर्नको लागि यो तलको बक्समा क्लिक गर्नुहोस

विहीबार पार्टी निकट विद्यार्थी युनियनको कार्यक्रममा भाग लिनको लागि पोखरा स्थित पिएन क्याम्पस पुगेका उनीमाथि आफ्नै थरका सञ्जीव भट्टराई नाम गरेका युवाले जुत्ता प्रहार गरे । जुत्ता प्रहार भएपनि उनी भए स्थानमा भने पुग्न सकेको थिएन । यद्धपी कार्यकर्ताले ती युवालाई हातपात गर्न थालेपछि जुत्ता प्रहार भएको थाहा भएको थियो ।
सोही क्याम्पसमा राजनीतिशास्त्र विषयमा स्नात्तकोत्तर दोस्रो वर्षमा अध्ययनरत सञ्जीवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बगरका प्रहरी निरिक्षक किशोर लम्सालका अनुसार सञ्जीवलाई प्रहरी हिरासतमा राखिएको छ ।

Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment