डा.भट्टराईमाथि जुत्ता प्रहार

डा.भट्टराईमाथि जुत्ता प्रहार
पोखरा—नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार भएको छ । पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन पृथ्वीनारायण क्याम्पस (पीएन) पुगेका उनीमाथि एकजना आक्रोशित विद्यार्थीले जुत्ता प्रहार गरेका हुन् । 
जुत्ता प्रहार गरेको आरोपमा प्रहरीले कैलालीको नारायाणपुर– ७ घर भएर पोखराको फूलबारीमा बसोबास गर्ने २९ वर्षिय सञ्जिव भट्टराईलाई पक्राउ गरेको छ। पक्राउ परेका उनी पीएनमै अर्थशास्त्रमा एमएमा अध्ययन गर्छन्। उनी राजनीतिशास्त्रका विद्यार्थी पनि हुन्। नेता भट्टराईलाई कालोझन्डा देखाएपछि उनलाई पक्राउ गरिएको बगर प्रहरी चौकीका प्रहरी निरीक्षक किशोर लम्सालले जानकारी दिए।
‘प्लेकार्ड सहित कालोझण्डा देखाएपछि हामीले पक्राउ गरेका हौं,’  निरीक्षक लम्सालले भने, ‘जुत्ता प्रहार गरेकोबारे प्रहरीलाई जानकारी छैन।’ नेताले देश बिगारेकोले बाबुरामको विरोध गरेको पक्राउ परेका भट्टराइले बताए। ‘देश बिगारेको नेताले हो। त्यसमा भट्टराइले पनि साथ दिएका छन् । देश बिगार्ने नेताको विरोध गरेको हुँ,’ उनले भने, ‘मैले कालोझण्डा देखाएको हुँ।’ 
पक्राउ परेका भट्टराइले जुत्ता हानेको आरोपलाई अस्वीकार गरेका छन्। ‘प्रधानमन्त्री र अर्र्थमन्त्री भईसकेको नेतालाई मैले जुत्ताले हानेर अपमान गर्न चोहेको होइन। कालोझण्डा देखाएको हुँ,’ उनले भने, ‘नेताले देश बिगारेकोले उनीहरुलाई सजग बनाउन चाहेको हुँ।’ कालोझण्डा देखाएर भाग्ने क्रममा आफ्नो जुत्ता फुत्केको र त्यही जुत्ता देखेर नेतामाथि प्रहार भएको आरोप लागेको हुनसक्ने उनले बताए। ‘भट्टराईले नयाँशक्ति खोल्दैमा नयाँ नेपाल बन्दैन,’ उनले भने, ‘मेरो रिस भट्टराईमाथि मात्र होइन। अरुमाथि पनि छ।’
भट्टराईले जुत्ता प्रहार गरेको अस्वीकार गरेपनि प्रत्यक्षदर्शी विद्यार्थीले जुत्ता नै प्रहार गरेको दावी गरेका छन्। एकजना प्रत्यक्षदर्शी विद्यार्थी नेताका अनुसार बाहिरी जुत्ताले हान्दा रोष्ट्रममा लागेको थियो। ‘बाहिरबाट झोलामा लुकाएर जुत्ता ल्याएका रहेछन्। नेता भट्टराइले बोल्नै लाग्दा कालो झण्डा देखाउँदै जुत्ता हानेका हुन्’ ती विद्यार्थी नेताले भने, ‘जुत्ताले भट्टराइलाई चाहिँ लागेन। आफ्नो खुट्टाको जुत्ता भने होइन।’
पुलिसले पक्राउ गर्दा भट्टराइको खुट्टामा जुत्ता थिएन। भाग्ने क्रममा उनको मोवाइल पनि फुटेको छ। अपमान प्रयास भए पनि संयोजक भट्टराईले विद्यार्थीको कार्यक्रमलाई १५ मिनेट जति कार्यक्रमलाई सम्बोधन गरेका थिए।
भिडियो हेर्नको लागि यो तलको बक्समा क्लिक गर्नुहोस
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

1 comments:

  1. राम्रो गरेछ म भए पनि हान्थे यस्ता नेताहरू लाई त।

    ReplyDelete