कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चाैधरीमाथि गोली प्रहार भएको छ । उनलाई सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको हो ।
प्रदेश नं. ७ प्रहरी कार्यालयका प्रमुख एआईजी माधवप्रसाद नेपालले चौधरीलाई गोली प्रहार भएको पुष्टि गरे ।

घाइते चाैधरीकाे स्थानीय घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । र, अहिले उपचारका लागि अन्यत्र लाने तयारी भइरहेको जनाइएको छ ।
बलात्कारको घटनामा मेलमिलाप गराउने दरबारमार्गका प्रहरीहरु अघिल्लो महिना आन्तरिक कारवाहीमा परे । तर, यस्तै प्रकृतिको जघन्य अपराध मानिने कैलालीको ‘बोक्सी’ काण्डमा मेलमिलाप गराउने घोडाघडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई भने कानूनले छुन सकेन । मेयर चौधरी सत्तारुढ नेकपा एमालेका नेता हुन् ।
घोडाघडी नगरपालिका ५ देउकलीमा एक छात्रालाई बोक्सीको आरोपमा ६ घण्टासम्म निर्घात कुटपिट भएको घटनामा भिडियो प्रमाणसहित पक्राउ परेका दोषीलाई सोही नगरपालिकाका मेयर चौधरीको रोहबरमा ‘मिलापत्र’ गरेर छुटाइएको थियो । तर, यो घटना मिडियामा आएपछि मात्र दोषीलाई प्रहरीले पुनः पक्राउ गरेको छ ।
जघन्य फौजदारी अपराधमा सप्रमाण समातिएका व्यक्तिलाई मिलापत्र गरी छुटाउने कार्यमा मेयर ममताप्रसादका साथै सोही वडाका वडाध्यक्ष प्रेम रोकायाको पनि संलग्नता रहेको स्थानीय प्रहरीको भनाइ छ ।
‘बोक्सीको आरोपमा कुटपिट गर्ने रामबहादुर चौधरीलाई हामीले मेयरसा’बकै रोहबरमा रिहा गरेका हौं,’ सुख्खड प्रहरी कार्यालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘रिहा गर्ने कागजमा मेयरसाप र वडाध्यक्ष समेतको हस्ताक्षर छ ।’
प्रहरीले मिलापत्रमा हस्ताक्षर छ भने पनि मेयर चौधरीले आफू प्रहरी कार्यालयमा केहीबेर रमित हेरेर फर्किएको मिडियालाई प्रतिक्रिया दिएका छन् । तर, उनले यो घटना हेर्ने काम प्रहरीको हो भन्दै जघन्य अपराधको घटनाको निन्दामा एक शब्द पनि बोलेका छैनन् । उनी अहिलेसम्म पीडककै पक्षमा उदार देखिएका छन् ।
भिडियोमा हेर्नुस्
भैरहवाका व्यवसायी सेठियामाथि गोली प्रहार
यसैवीच रुपन्देहीको भैरहवाका एक व्यवसायीलाई लक्षित गरी गोली प्रहार भएको छ । भैरहवाका व्यवसायी एवम् सिद्धार्थ उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमिति सदस्य हरीश सेठियामाथि अज्ञात व्यक्तिबाट गोली प्रहार भएको हो ।
गोली प्रहार गरिए पनि मिस फायर हुँदा सेठिया बच्न सफल भएका छन् ।
भारतीय २ नागरिकले भारतीय मोटरसाईकलमै आएर उनीमाथि गोली चलाएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले बताए । उनीमाथि भैरहवाको हाटबजार स्थित सेवापथमा गोली प्रहार गरिएको थियो ।
दुई जनामध्ये एकजना भागेको र एकजनालाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको प्रहरी प्रमुख ज्ञवालीले जनाए । प्रमुख ज्ञवालीले गोली हान्ने व्यक्ति र मोटरसाईकललाई समातेको बताए ।
0 comments:
Post a Comment