यूएस बंगलाको कुनै पनि जहाजमा यात्रा नगर्न चेतावनी : थोत्रा जहाजमा सस्ता पाईलट राखेको खुलासा, जतिसुकै बेला दुर्घटना हुनसक्ने

सोमबार काठमाडौंमा भएको यूएस बंगला एयरलाइन्सको विमान कसरी दुर्घटना भयो ? कुन कुरामा,मानवीय या प्राबिधिक त्रुटी भन्ने बारेमा हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुराकानी गर्दै वरिष्ठ क्याप्टेन पीजे शाहले भने -जुन किसिमले यूएस बंगलाको विमान दुर्घटना भयो पशुपतिनाथको कृपाले ठूलो संकट टर्यो। विमान नेपाल टावरलाई हान्ने गरि आएको थियो।
यदि युएस बंगला विमानले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको टावरमा हानेको भए जेटहरु पार्किङ गरिएको एरियामा खस्थ्यो र त्यहाँ आगो लागेर थुप्रै मान्छेको ज्यान जाने र धेरै नोक्सानी हुन्थ्यो र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ठप्प हुन्थ्यो।
यूएस बंगला एयलाइन्स तुरुन्तै बन्द गर्नुपर्छ।नेपाली अधिकारीहरु बंगलादेश गएर यूएस बंगला एयरलाइन्सको प्राविधिक,पाइलटहरुलाई दिने तालिम लगायत अन्य थुप्रै कुराहरुको निरिक्षण गरेर यदि ठिक पाईएमा मात्रै नेपालमा पुन: संचालनको अनुमति दिनुपर्छ। क्याप्टेन शाहको भनाई छ।
नेपालको निजगढ अन्तराष्ट्रिय विमानस्थललाई छिटो भन्दा छिटो सम्पन्न गर्नुको विकल्प नभएको शाहले बताए।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment