कसरी भयो विमान दुर्घटना ? हेर्नुहोस बाँसबारी न्यूरोमा उपचार गराईरहेका घाईतेको सनसनीपूर्ण बयान !

‘सिसा फोरेर बाहिर निस्कें’, दिनेश हुमागाई
हामी आज आउँदै थियौं । एयरपोर्ट नजिक आइपुग्दा आकाशमा जहाज तीन राउण्ड घुम्यो । घुम्दा पनि धेरै तल तल उडिरहेको थियो । घर नजिकमा ठोक्किएला जस्तै भएको थियो । जहाज उत्तरतिरबाट ल्याण्ड गर्न खोजिरहेको थियो । रन–वेमा नै नपुगी फोर्स ल्यान्ड गरेजस्तो मलाई फिल भयो
यूएस बङ्गला एयरलाइन्सले विभिन्न ट्राभल कम्पनीका १४ जना प्रतिनिधिलाई घुमाउन बङ्गलादेश लगेको थियो । दुई जना साथीहरु हिजो नै फर्किनुभयो । हामी आज आउँदै थियौं । एयरपोर्ट नजिक आइपुग्दा आकाशमा जहाज तीन राउण्ड घुम्यो । घुम्दा पनि धेरै तल तल उडिरहेको थियो । घर नजिकमा ठोक्किएला जस्तै भएको थियो । जहाज उत्तरतिरबाट ल्याण्ड गर्न खोजिरहेको थियो । रन–वेमा नै नपुगी फोर्स ल्यान्ड गरेजस्तो मलाई फिल भयो । जहाज लेफ्टतिर मोडियो । पछाडि फर्केर हेर्दा आगो लागिसकेको थियो । ३० सेकेण्डभित्र मैले झ्याललाई लात्तीले हानेर फुटालें र बाहिर हामफाले । मसँगै अर्काे साथी पनि हाम फालेको देखेको थिएँ । २० मिटरजति पर आएर हेर्दा प्लेन ब्लास्ट भयो ।
बाँसबारी न्युरो अस्पतालमा उपचार गराइरहेका यूएस बङ्गला विमान दुर्घटनामा घाइते दिनेश हुमागाईसँग क्यापिटल नेपालका प्रकटकुमार शिशिरले गरेको कुराकानी ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment