BREAKING NEWS : सडक दुर्घटनामा बिनाको निधन !!

BREAKING NEWS : सडक दुर्घटनामा  बिनाको निधन !!BREAKING NEWS : सडक दुर्घटनामा  बिनाको निधन !!चलचित्र ’पिंजडा ब्याक अगेन’की अभिनेत्री बिना थापाको सडक दुर्घटनामा निधन भएको छ । बुधबार दिउँसो राजधानीको बत्तीसपुतलीमा भएको सवारी दुर्घटनामा बिनाको निधन भएको हो ।
बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बिना सवार बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । सक्त घाइते भएकी उनको उपचारको क्रममा विर अस्पतालमा निधन भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गुल्मी मुसिकोटकी २७ बर्षीया बिना राजधानीको धापासीमा बस्दै आएकी थिइन् । उनले केहि फिल्म र नाटक अभिनयसँगै म्युजिक भिडियोमा पनि मोडलिङ गरेकी थिइन् ।
देश तथा विदेशका विभिन्न स्टेज कार्यक्रममा पनि उनले प्रस्तुती दिइसकेकी थिइन् । बिनाको निधनप्रति फिल्म ‘पिंजडा ब्याक अगेन’ टिमले दुःख प्रकट गरेको छ ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment