पण्डित बाजेले नेपालका विभिन्न १३ नेताको भविश्यबारे यसरी टिप्पणी गरे

 तपाईलाई ज्योतिष विद्यामा कत्तिको विश्वास लाग्छ ? ज्योतिषशास्त्रमा विश्वास नलागे तपाईले ज्योतिषीको दाबीलाई एकजना ब्राह्मणको राजनीतिक टिप्पणी मात्रै ठान्न सक्नुहुन्छ । यी पण्डित बाजेले नेपालका विभिन्न १३ नेताको भविश्यबारे यसरी टिप्पणी गरे :

प्रचण्ड पदमा पुग्दैनन्
प्रचण्डको शनि खराब छ । त्यसैले अलिकति बढ्न खोज्यो वा कडा बोल्यो कि विवादमा पर्छन् । उनी अब राष्ट्रपति पनि हुनेछैनन् ।
केपी ओलीको दशा
केपी ओलीको ग्रहदशा ठीक अवस्थामा छैन । राहु खराब छ । स्वास्थ्य झन् बिग्रँदै जान्छ । उच्च मनोबलले मात्र जर्बजस्ती काम गरेका हुन् । चुरो बलियो छ । प्रधानमन्त्री बन्ने योग थियो । तर, टर्‍यो । ओली अब प्रधानमन्त्री बन्दैनन् ।
देउवाको कालसर्प योग
देउवा पुनः प्रधानमन्त्री हुने योग छ । देउवाको एउटै लग्नमा तीनवटा योग भएको कालसर्प योग छ । यस्तो योग माधवकुमार नेपाल, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र कमल थापाको पनि छ । गिरिजाप्रसाद कोइरालाको पनि यस्तै योग थियो ।
माधव चाल चल्न खप्पिस
माधवकुमार नेपाल एमालेमा प्रभावशाली हुनेछन् । उनको योग बलियो छ । शनि, शुक्र र वृहस्पति एकै ठाउँमा छ । राजनीतिक चाल चाल्न खप्पिस छन् । बोल्नेभन्दा खेल्न सिपालु छन् । माधव लुकाएर काम गर्छन् । गोपनियता कायम गर्छन् । चलखेलमा माहिर छन् । तर, कसैले सुईंको पाउँदैन ।
झलनाथको भाग्य खोटो
झलनाथलाई भाग्यले साथ दिएर मात्रै प्रधानमन्त्री बनेका हुन् । उनको योग बलियोचाहिँ होइन । जतिसम्म पुगे, यतिमात्र हो । झलनाथ राष्ट्रपति हुन सक्दैननन् । होला होला जस्तो हुन्छ, तर अर्कैले खोस्छ ।
बाबुरामलाई खतरा
बाबुराम भट्टराईको ग्रह बलियो छैन । उनलाई ज्यानको खतरा छ । उल्का खराब छ । ग्रहले विवादास्पद बोल्न उक्साइरहन्छ ।
नारायणकाजी भाग्यमानी
नारायणकाजी श्रेष्ठको योग बलियो छ । वृहस्पति राम्रो स्थानमा बसेको छ । कुनै पनि समय प्रधानमन्त्री हुन सक्छन् ।
राष्ट्रपतिलाई स्वास्थ्यले साथ दिँदैन
राष्ट्रपति डा.रामवरण यादव २०७२ सालसम्म राष्ट्रपति रहनेछन् । उनलाई पनि स्वास्थ्यले साथ दिन छाड्नेछ । ०७३ सालमा राहु सुरु हुनेछ । स्वास्थ्यकै कारण अगाडि बढ्न असक्षम हुनेछन् ।
महत र सशांकको योग बलियो
काँग्रेसमा डा.रामशरण महत र सशांक कोइरालाको पनि योग बलियो छ । उनीहरू देशको मुख्य पदसम्म पुग्ने योग छ ।
गोकर्णले इतिहास कोर्नेछन्
युवा नेताहरूमध्ये एमालेका गोकर्ण बिष्टको कालसर्प योग छ । उनी देश हाँक्ने जिम्मेवारीमा पुग्नेछन् । वातावरण उनको अनकूल हुँदैछ । भाग्यले सधैं साथ दियो र दिइरहनेछ । गोकर्णले आफूलाई इतिहासमा सम्झनलायक नेताका रूपमा स्थापित गर्नेछन् ।
गगनको योग कमजोर
गगन थापाको योग कमजोर हुँदै गएको छ । उनी जुन उचाइसम्म पुग्नुपर्ने हो, त्यो अवस्थासम्म एक वर्षभित्र पुग्नेछन् । त्यसपछि उनको अवन्नति शुरू हुनेछ । विवादमा मुछिनेछन् ।
देश हाँक्ने योग गगनमा छैन । उनलाई पारिवारिक समस्याले पिरोल्नेछ । साथीभाइले धोका दिनेछन् । काम गर्न खोज्छन्, फत्ते गर्न सक्दैनन् ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment