४ छोराले ४ दिनदेखि खोज्दै थिए आमालाई, चितुवाको गुफाबाहिर भेटियो खुट्टा

banner
भरतपुर। ४ छोरा र १ छोरीले आमालाई ४ दिनदेखि खोज्दै थिए । ती आमाको जंगलको चितुवाले शिकार गरेको पाइएको छ । मंगलबार जंगलमा उनका हड्डीहरु भेटिएका छन् । मंगलबार भारतको राजस्थान राज्य अन्तर्गत जयपुरको भरतपुरमा रहेको जंगलमा भेटिएका हड्डीहरु ६५ वर्षकी रामप्यारी भएको बताइएको छ । गाउँलेका अनुसार रामप्यारीको प्यान्थर चितुवाले शिकार गरेको हो । 
मंगलबार बिहान जंगलमा शवका केही भाग भेटिएपछि प्रहरी र वन विभागका कर्मचारी बोलाइएको थियो । उनीहरुले दिनभर जंगलमा खोजी गर्दा पनि पहिचान प्रस्ट हुने खालको शवको कुनै भाग भेट्टाउन नसकेपछि तालिमप्राप्त शिकारी कुकुर ल्याइएको थियो । कुकुरले साँझपख एक गुफा नजिकै एउटा खुट्टा भेट्टायो । खुट्टामा भएको पाउजुबाट शवको पहिचान भएको हो । गुफाभित्र प्यान्थर चितुवा बस्ने गरेको गाउँलेले बताएका छन् । वन विभागले प्यान्थर समात्नका लागि पासो थापेको छ । गाउँलेलाई जंगलतिर नजान निर्देशन दिइएको छ । 
 
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment