BREAKING : भर्खरै त्रिपुरेश्वरमा रहेको आयल स्टोरमा आगलागी,एक जनाको लास भेटियो, कयौं हताहतीको आशंका

काठमाडौंको त्रिपुरेश्वरमा रहेको जयन्ती आयल स्टोर सँगैरहेको मोटर ग्यारेजमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
आगलागीको कारण खुल्न सकेको छैन । आगोबाट एक जनाको मृत्यु भएको कालीमाटी प्रहरीले पुष्टि गरेको छ । थप विवरण आउन बाँकी छ ।

केहिबेर अघिबाट लागेको आगो अहिले नियन्त्रणको प्रयास भइरहेको छ ।
प्रहरी घटनास्थलमा पुगिसकेको छ भने आगो निभाउन काठमाडौं महानगरपालिका, नेपाली सेना र नेपाल प्रहरीको वारुणयन्त्र आगलागी स्थलमा पुगिसकेका छन् ।
ललितपुर महानगरपालिका र सशस्त्र प्रहरीको दमकल पनि आगो नियन्त्रणको लागि घटनास्थल पुगिसकेका छन् ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment