Breaking : भोट माग्न गएका रामशरण महतको हत्याको प्रयास, बमले यस्तो बनाए गाडी !

नुवाकोट, १ मंसिर–  नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतको गाडी एम्बुसमा परेको छ । प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसबाट नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार महत चुनाव प्रचारका लागि ककनी गाउँपालिका जाने क्रममा बम आक्रमण भएको हो । 
बम आक्रमणमा परी महतको चुनावी प्रचारमा सक्रिय नेपाली कांग्रेसका ५ कार्यकर्ता घाइते भएका छन् । जमिनमुनि प्रेसरकुकर विच्छ्यार महतमाथि आक्रमण गरिएको थियो । 
आक्रमणबाट सकुशल रहेका महतले आफ्नो हत्या गर्ने उद्देश्यले आक्रमण भएको प्रतिक्रिया दिएका छन् । लोकान्तरसंगको कुराकानमीमा महतले भने, 
मेरो पक्षमा रहेको जनसमर्थनबाट आत्तिएका मानिसले आक्रमण गरेका हुन् । जसले हिंसामा विश्वास गर्छ, जो मेरो लोकप्रियताबाट तर्सेको छ अनि जनतालाई आतंकित बनाउने प्रयास गर्छ, उसैले गरेको आक्रमण हो । हत्याको प्रयास हो । 
मेरो गाडी अलिकति मात्र अगाडि बढेको थियो, अगाडि प्रदेशका उम्मेदवारको गाडी थियो । हामीलाई लक्षित गरेर बम पड्काएका हुन् । 
शान्ति सुरक्षाको प्रश्न त छँदैछ, हत्या र हिंसा गर्ने तत्त्वहरूले यो गराएका हुन् । हत्या हिंसाको राजनीति नत्यागेकाहरूले व्यक्ति हत्याको प्रयास गरेका हुन् । 
जंगलको बीचमा प्रेसरकुकर बम जमीनमुनि राखेको रहेछ । यदि गाडीमा लागेको भए सिद्धिन्थ्यो । प्रदेशका उम्मेदवार रमेश कुमार महतको  गाडी एक गजको दूरीमा थियो । मेरो अलिकति पछाडि थियो । 

अडियो सुन्नुहोस्
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment