BREAKING NEWS : भैरहवा विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज दुर्घटना !

पाल एयरलाइन्सको एउटा जहाज भैरहवा विमानस्थलमा दुर्घटना भएको छ। ९ एन एकेएस जहाज अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। नेपाल एयरलायन्सका प्रवक्ता दामोदर श्रेष्ठका अनुसार अवतरण गर्ने क्रममा पछाडिको बायाँ पट्टिको टायर पंचर भएर दुर्घटना भएको हो। 
दुर्घटना भएको जहाजमा दुई जना पाइलट मात्र थिए। उनीहरु सकुसल छन्।
टायर पंचर हुँदा जहाजलाई पाइलटले धावनमार्गदेखि एक मिटर पर अवतरण गराएका थिए। धावनमार्गमा जहाज दुर्घटना हुँदा भैरहवा विमानस्थलबाट हुने उडान प्रभावित भएका छन्।
'काठमाडौंबाट टायर गइसकेको छ। सामान्य दुर्घटना हो। त्यो जहाज अहिले केही छिनपछि उडेरै काठमाडौं आउँदैछ', श्रेष्ठले नागरिकन्युजसँग भने।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment