अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा वकालती पेसामा फर्किने भएका छन् । केही समयपछि ओबामाले इलिनोइस राज्यमा नागरिक अधिकारका लागि वकालत गर्ने स्थानीय अदालतका एक अधिकारीले जानकारी दिए । ओबामाले वकालती गर्नेबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन, तर अर्को महिना ओबामा कुक काउन्टीमा बहसमा उत्रिने अनुमान गरिएको छ ।

५६ वर्षीय ओबामाको घर वासिङ्टन डिसी र सिकागो दुवै सहरमा छ । उनले नागरिक र आपराधिक मुद्दामा बहस गर्ने अनुमान गरिएको छ । ह्वाइटहाउस छोडेपछि पूर्वराष्ट्रपति बिल क्लिन्टन र जर्ज डब्लू बुस पनि बहसमा फर्किएका थिए । ओबामाले हावार्ड ल स्कुलबाट कानुनमा अध्ययन गरेका छन् । सिनेट सदस्य हुनुपूर्व ओबामाले युनिभर्सिटी अफ सिकागोमा १२ वर्ष प्राध्यापन गरेका थिए । उनले नागरिक अधिकार वकिलका रूपमा पनि बहस पैरबी गरेका थिए ।
‘कुक काउन्टीको बासिन्दा भएका नाताले ओबामाले चाँडै नै वकालती पेसा गर्ने मसँग बताएका थिए,’ कुक काउन्टीका मुख्य न्यायाधीश टिमोथी इभानको भनाइ उद्धृत गर्दै सिकागो ट्रिब्युनले उल्लेख गरेको छ । यसैबीच, पूर्वराष्ट्रपति ओबामाको सुरक्षा प्रबन्ध मुख्य चुनौती भएको इभानले बताएका छन् । ओबामा वकालती पेसामा फर्किने विषयमा उनका प्रवक्ताले भने कुनै टिप्पणी गरेका छैनन् । ओबामाले वकालती गरेबापत दैनिक १७ दशमलव २५ डलर पाउनेछन् ।
सोमबार दैनिक पत्रिकामा सूचना निकालेर विष्टले घरको भाडा नपाएको र सम्झौतासमेत नवीकरण नगरेकाले राष्ट्रपति कार्यालय शीलतनिवास र पूर्व राष्ट्रपतिको सचिवालयलाई घर खाली गर्न आग्रह गर्नुभएको हो । विष्टले १५ दिनभित्र आफ्नो घर नछाडे कानुन बमोजिम अघि बढ्ने चेतावनीसमेत दिनुभएको छ ।
भाडाको घरमा बस्दै आउनुभएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घर धनी रविभक्त विष्टले सार्वजनिक सूचना जारी गर्नुभएको छ ।
ललितपुर महानगरपालिका–४ बागडोलमा रहेको घरमा २०७२ साल कात्तिक २ गतेदेखि पूर्व राष्ट्रपति यादव बस्दै आउनुभएको छ । घरको सम्झौता गएको साउन १ गते नै सकिए पनि सरकारले नवीकरण र भाडा चुक्ता नगरेको सूचनामा उल्लेख गरिएको छ । विष्टले यसअघि पनि आफ्नो घर खाली गरिदिन लिखित तथा मौखिक आग्रह गर्दै आए पनि सुनुवाई नभएपछि सार्वजनिक सूचना नै जारी गर्नुपरेको उल्लेख गर्नुभएको छ ।
0 comments:
Post a Comment