रौतहटको चन्द्रपुरमा वाम गठबन्धनको भेलामा शनिबार शक्तिशाली बम विष्फोट भएको छ। दिउँसो ३ बजे भएको विष्फोट परेर ११ जना घाइते भएका छन्।
चन्द्रपुर ५ का आमाछोरा ३१ वर्षीया सरिता राई र ७ वर्षीय जैविक राई गम्भीर घाइते भएका छन्। सभामा बसेकै स्थानमा गाडेको बम विष्फोट हुँदा आमा छोरा घाइते भएका हुन्। उनीहरुको पेट, खुट्टा र कम्मरमा ठूलो चोट लागेको छ। दुवै जनाको अवस्था चिन्ताजनक रहेको चिकित्सकले बताएका छन्।

यस्तै विष्फोटमा चन्द्रपुर ५ का ४५ वर्षीय लक्ष्मी राई, ५५ वर्षीय रामबहादुर बिक, ४८ वर्षीया कुन्ता खत्री, ३९ वर्षीय गोपाल बिक, ४५ वर्षीया दिलमाया राई, ५० वर्षीया यमुना काफ्ले , चन्द्रनिगाहपुर अस्पतालका कार्यालय सहयोगी ४९ वर्षीय गजेन्द्र झा र परिचर लक्ष्मी राईलाई पनि चोट लागेको छ।

घाइतेलाई चन्द्रनिगापुरमा प्राथमिक उपचारपछि चितवन लगिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
‘भेला सकेर कोही खाजा खाने क्रम थिए, कोही घरजाने क्रममा थिए। अचानक बम विष्फोट भयो’, घटनाका प्रत्यक्षदर्शी वाम गठबन्धनका नेता उद्धव रेग्मीले भने। घटना निन्दनीय भएको भन्दै गठबन्धनका नेताले घोर भत्र्सना गरेका छन्। मानवता विरोधी घटना गराउने दोषीलाई कारबाही गर्न माग गर्दै वाम गठबन्धनका नेताले विज्ञप्तिमार्फत् सरकारसँग माग गरेका छन्।
भेलामा एमालेकी केन्द्रीय सदस्य कल्याणी खड्का, माओवादीका पोलिटब्यूरो सदस्य युवराज भट्टराई, एकराज थापा, प्रदेश सदस्य उद्धव रेग्मी, निर्वतमान संसद रामकुमार भट्टराई लगायत नेता सहभागी थिए।
भेलामा एमालेकी केन्द्रीय सदस्य कल्याणी खड्का, माओवादीका पोलिटब्यूरो सदस्य युवराज भट्टराई, एकराज थापा, प्रदेश सदस्य उद्धव रेग्मी, निर्वतमान संसद रामकुमार भट्टराई लगायत नेता सहभागी थिए।
0 comments:
Post a Comment