रविन्द्र मिश्रले चुनाव जित्न क्रिश्चियनको सहयोग मागेको खुलासा !

-सराेज मिश्र-
हिजो आफू मतदाता भएको काठमाडौं निर्बाचन क्षेत्र न. १ का एक उम्मेदवार श्री हरिबोल भट्टराईको बारेमा लेखेको थिएं ! आज अर्का उम्मेदवार श्री रबिन्द्र मिश्रका बारे लेख्दैछुं ।
म आफू पाकिस्तानमा MBA अध्ययन गर्दै गर्दा रबिन्द्रजी त्यहाँ पत्रकारिता अध्ययन गर्दै थिए । १९९१ मा उनलाई मैले उनलाई पंजाब युनिभर्सिटीको उनको कोठामै उनलाई भेटेको थिएं । कालान्तरमा उनले ब्याबसायीक क्षेत्रमा आफ्नो योग्यता सिद्ध गरे ! उनको पेशागत क्षमताको वारेमा कुनै शंका गर्ने ठाउँ छैन । उनको ब्यक्तिगत इमान्दारिताका बारेमा पनि नकारात्मक टिप्पणी गर्नुपर्ने कुनै कारण मैले भेटेको छैन ।
तर उनको बिबेकशील साझा पार्टीको अन्तर्यमा लुकेको उद्देश्यका बारेमा चाहिँ मलाई पुरै शंका छ । यो पार्टी नेपालको राजनीतिक परिदृष्यलाई निर्मल गर्न आएको हो वा अरू कुनै उद्देश्य छ ? हुनत उनले मन्दिरमा गएर देवी देवताको अनुष्ठान आराधना गरेर अनि जनै देखाएर आफू सनातनी भएको प्रमाणित गर्न पनि खोजे क्या र ! तर मलाई अझै पनि उनको पार्टीको उद्देश्य “आफू स्थापित” हुने नभै कांग्रेस बिगार्ने मात्र भएको जस्तो लाग्दछ ।
गत स्थानीय तहको निर्बाचनमा यहि सिद्ध पनि भयो । उनलाई सघाउन “पश्चिम” बाट आइपुगेका “शिक्षित नेपाली” (NRN ?) को समूहको “सकृयता” देख्दा शंका गर्ने प्रशस्त ठाउँ छ । बानेश्वरमा अवस्थित कुनै प्रोटेस्टेन्ट चर्चको सकृयताले त त्यो शंकामा झनै बल पुग्छ । सनातन संस्कृतिको संभाब्य समर्थक कांग्रेसलाई सखाप पारेर “संस्कृति बिनाशक” को मार्ग प्रशस्त गर्ने काममा रबिन्द्रजी जानेर वा नजानेर प्रयुक्त भएका छ्न् !
यी कारणले संभावना भएका ब्यक्ती हुँदाहुँदै पनि रबिन्द्रजीलाई समर्थन गर्न सकिएन ! लोकतन्त्र र लोकतान्त्रिक शक्ति (Best among the worst नै भएपनि) कांग्रेसलाई कमजोर पार्ने षडयन्त्रलाई चिर्नु जरूरी छ !! सबैलाई चेतना भया !!!!!
(मिश्र विभिन्न कलेजमा अध्यापनरत छन् । उनकाे फेसबुकबाट ।)
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment