गुल्मीमा माइक्रो दुर्घटना हुँदा मृत्यु हुने संख्या ११ पुग्यो ; # RIP ९ जनाको सनाखत ! ( विवरण सहित्)

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको मिनी माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सोमबार बिहान तम्घासका लागी छुटेको बा४ ख ५५०१ नम्बरको माईक्रो गुल्मी दरबार गाउँपालिका वडा नम्बर ४ मा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा ११ जनाको मृत्यु भएको र ६ जना घाएते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए । बुटवलबाट १३ जना यात्रु लिएर तम्घास छुटेको पनि बिचमा सवारी थपेको प्रहरी जनाएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै र ३ जनाको उपचारको क्रममा र २ जनाको पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ३ जना महिला ६ जना पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुने मध्ये ९ जनाकोसनाखत भएको छ । सनाखतहुनेहरुमा गुल्मी रेसुङ्गा नगरपालिका १० सिमिचौर बस्ने बर्ष अन्दाजी बर्ष ३१ का भिम बहादुर घर्ती मगर (ड्राईभर),गुल्मी मालिका गउँपालिका ६ बस्ने बर्ष ३० का लाल बहादुर मुखिया,गुल्मी इस्मा गाउँपालिका १ हस्तिचौर बस्ने बर्ष २७ की यमुना पन्थी मरासिनी रहेकी छन् ।
त्यस्तै गुल्मी मुसिकोट नगरपालिका ३ बडागाँऊ बस्ने बर्ष ५० की मानकुमारी थापा, ईस्मा गाउँपालिका ६ बस्ने बर्ष २६ का दिल बहादुर कुमाल, ईस्मा गाउँपालिका २ पालुका बस्ने बर्ष अन्दाजी ४५वर्ष की रुवि नेपाली, गुल्मी रिमुवाकी सुमित्रा दर्लामी,अर्घाखँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर ७ भगवती बस्ने बर्ष अन्दाजी बर्ष ३५ का राम प्रसाद पाण्डे, बुटवलका केशबहादुर गुरुङ्ग रहेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाडीका चालकको पनि पाल्पा लैजाने क्रममा मृत्यु भएको थियो । घाइतेहुनेहरुमा १ जना महिला ५ जना पुरुष र २ जना वालक रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये इस्मा गाउँपालिका २ का सृजन मरासिनी र उनकी बहिनी शृष्टीको उपचार भइरहेको छ । बालक २ जनाको आमाको भने मृत्यु भएको छ । अन्य घाइतेहरुको पाल्पामा उपचार भइरहेकोले परिचय खुलेको छैन् । गाडीमा सवार चालक सहित १७ जना रहेका छन् । घटना स्थलमा प्रहरी शसस्त्र प्रहरी स्थानियले उद्धार गरेका थिए ।
दुर्घटनामा परेको गाडी सड्कबाट करिव ५ सय मिटर भन्दा वढी तल खसेको थियो । गाडीको तिब्र गति र गाडीलाई साइड दिने क्रममा दुर्घटनामा परेको घटना स्थल पुगेका सशस्त्र बल गुल्मका गुल्मपती प्रेमप्रकाश सिग्देलले जानकारी दिए । उनका अनुसार साइडदिने बलेरो जिप सड्कको नालीमा रहेको बताए । दुर्घटना स्थल ठुलो भिर र साघुरो बाटो रहेको छ ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment