उदयपुरमा पनि खस्यो जिप ः स्कुले बालक सहित ९ जनाको मृत्यू #RIP

उदयपुरमा सुमो जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको छ। दुई जनाको उद्दार गरिएको छ ।

कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।
मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन ।
घाइतेहरुको स्थानीय कटारी अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलमा अहिले थप प्रहरी फोर्ससहित ठूलो सङ्ख्यामा स्थानीयवासी भेला भएर भिरमा अड्केका शव निकाल्ने प्रयास भइरहेको छ ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment