डिभी भएर अमेरिका जाँदै हुनुहुन्छ ? अमेरिकामा १२ घण्टा उभिएरै गर्नुपर्छ यस्तो काम, तयार हुनुहुन्छ ?

अमेरिका जाने डिभी चिट्ठाको  मंगलबारदेखि आवेदन खुलेको छ । सायद तपाई पनि चिट्ठा भरेरै भएपनि अमेरिका जाने सपना देख्ने मध्येमा हुनुहोला । अमेरिका नेपाल जस्ता कम विकसित मुलुकका मान्छे लागि सपनाको देश हो भन्दा पनि हुन्छ ।
भरखरका युवायुवतीको त कुरै छोडौं डाक्टर, पाइलट, शिक्षकदेखि सरकारी उच्च ओहदाको कर्मचारी सबैलाई डीभीले आकर्षित गर्छ नेपालमा  । स्वदेशमा आफू र आफ्नो भूमिकालाई चट्क्कै विर्सेर डिभीको पछि लाग्नेहरुको हिसाब गर्ने हो भने ठूलै जमात बन्छ  पनि ।
म आफैं, २ वर्षअघि यस्तै लहैलहैमा लागेर डिभी चिट्ठा भरेर अमेरिका आएको हुँ । यो छोटो अवधीमा लामा अनुभवको संगालो बटुलेको छु । यही अनुवभका केही पत्राहरू तपाइसँग बाढ्ने हुटहुटी जाग्यो ।
यहाँ हरेक दिनको सुरुवात पैसाबाट हुनेछ । र, पैसाबाटै अन्त्य । नेपालमा एक जनाले कमाएर परिवारै पालिने वातावरणबाट आउनु भएकोहरुलाई यहाँ प्रत्येकले काम गर्दा पनि जीवन चल्न मुस्किल भएको देख्दा तपाईलाई डिप्रेशन पनि हुनसक्छ ।
डिभी भरेर अमेरिका आउने व्यग्र चाहना तपाईको हो भने तपाई ग्यास स्टेशनदेखि स-साना होटल, किराना स्टोरदेखि उद्योगको फ्याक्ट्रीसम्म, पिज्जा बोकेर घरघरमा पुर्‍याउनेदेखि दिनको १२ देखि १८ घण्टाभन्दा बढी समयसम्म उभिएरै (अमेरिकाको ९० प्रतिशत काम उभिएरै गर्नुपर्ने हुन्छ) गर्नका लागि तयार हुनुहोस् ।
 डलरमा भएको कमाई नेपालीमा रुपान्तरण गर्दा लाखौं भएपनि त्यो पैसाले अमेरिकामा तपाईको दैनिक खर्च धान्नै मुश्किल हुन्छ । किनभने बिनाकाम तपाईको जिवन चल्दै चल्दैन । र, यति काम गरेबापत  तपाईंले प्रत्येक घण्टाको हिसाबले पाउने केही डलर मात्रै हो । त्यसैबाट तपाईले यहाँ जिवन  चलाउने  हो ।
मेरो कुरा पढेर कतै कसैलाई हावादारी पनि लाग्न सक्छ  । नेपालमा हुँदा खाँदाको राम्रै पेसा छोडेर हिँडेको मैले आजसम्म पनि अमेरिकामा कुनै लय समात्न सकेको छैन । अमेरिकामा हुने अधिकांश नेपालीको हविगत मेरोजस्तै हो । नेपालमा जे-जस्तो भएपनि अमेरिका आएर सुरु गर्ने जिवन भनेको शून्यबाटै हो । र, शून्यबाट १/२  बनाउनै तपाईको २/४ वर्ष  बित्नसक्छ ।
अहिलेसम्म नेपालमा अमेरिकाको दुःख भन्दा यहाँको देखावटी सुखमात्र पुगेको छ । ऋणमा किनेको चिल्लो गाडीमा चढेर २/३ हप्तामा पाएको १/२ दिनको छुट्टीमा आराम गर्न समुद्रको किनारामा गएर फेसबुक/ट्वीटरमा फुस्स हाँसेको बनावटी खुसी देखाएको फोटो देखेको भरमा अमेरिकाको सुखको कल्पना गर्छौं ।
यहाँ आएपछि नेपालको अनुभवको आधारमा बिरलै काम पाएपनि तपाईले अमेरिकाको वातावरणमा आफूलाई भिजाउन २/४ वर्ष कटाउनै पर्छ । तपाई बस्ने घर अपार्टमेन्ट, सवारी साधनदेखि सम्पूर्ण खर्च गर्दा बचत हुन धौधौ हुन्छ ।
यदि काम बाहेकको पक्ष तपाईंले हेर्नुभएको हो भने अमेरिका भएको सबैभन्दा ठूलो पक्ष कमाई नै हो । अर्थात् तपाईंले गर्ने काम सबैभन्दा ठूलो पक्ष हो । यदि कमाउन सक्नुभयो भने विश्वको शक्तिशाली देशको सुविधा पाउनुभयो नत्र नेपालको भन्दा हालत खराब हुनसक्छ । साँच्चिकै भन्दा तपाईंले अमेरिकामा गर्ने मेहनत नेपालमा गर्नुभयो भने नेपालमा अमेरिकाको भन्दा कम आनन्द प्राप्त गर्नुहुने छैन ।
बिहानदेखि बेलुकासम्म घण्टाको हिसाबले गर्ने काम, परिवारका सबै सदस्यको फरक-फरक कार्यतालिकाले समाज होइन पारिवारिक  वातावरण नै बिग्रन सक्छ अमेरिकामा ।
हामीले नेपालका उपसचिवदेखि सचिवसम्म, डाक्टरदेखि पाईलटसम्म, सामान्यदेखि गन्यमान्यसम्म ग्रिनकार्ड पाएर अमेरिका भासिएको समाचार धेरै नै सुनेका छौं । तर ती गन्यमान्यले अमेरिकामा गएर के कमाए ? के गुमाए?  भन्नेतिरको लेखाजोखा कमै गर्छौं होला । अर्थात् सबैमा अमेरिकाको ग्रिनकार्डको भूत चढेको देखेका छौं । मानौं ग्रिनकार्ड पाएर अमेरिका गएपछि डलर रुखैमा फलेको हुन्छ । र, हामीले त्यो सबै टिपेर बोरामा जम्मा गर्ने हो । तर यहाँ ग्यास स्टोरमा, रेष्टुरेन्टमा, साना साना पसलमा, पिज्जा बोक्दै घरघरमा पुर्‍याउनेहरुसम्म घण्टाको हिसाबले  गर्ने काम देख्दा हामीलाई नै लाग्छ विचरा हामी।
नेपालमा साना तिना कामै नदेख्नेहरुलाई यहाँ आएपछि मात्रै थाहा हुन्छ कामको महत्व के हो भनेर ।
हुन पनि अहिलेसम्म नेपालमा अमेरिकाको दुःख भन्दा यहाँको देखावटी सुखमात्र पुगेको छ । ऋणमा किनेको चिल्लो गाडीमा चढेर २/३ हप्तामा पाएको १/२ दिनको छुट्टीमा आराम गर्न समुद्रको किनारामा गएर फेसबुक/ट्वीटरमा फुस्स हाँसेको बनावटी खुसी देखाएको फोटो देखेको भरमा अमेरिकाको सुखको कल्पना गर्छौं ।
तर त्यसमा देखेको र भोग्ने अमेरिकामा आकाश पतालको फरक छ । अर्थात् तपाई अमेरिका आउन तयार हुनुभनेको तपाईको जिवनलाई पुनः जिरोबाट सुरु गराउन तयार हुनुहोस् । बाँकी जिवनको लय तपाईंले गर्ने मिहेनतले तय गर्ने हो ।
हामी यहाँ दिनको १२/१३ घन्टासम्म काम गर्छौं । कुनै दिन त त्यो रेकर्ड नाघेर १७/१८ घन्टासम्म पनि पुग्छ । तर पनि हामीले कमाएको डलरले बोरा भर्न सकेका छैनौं । महिनाभरी कमाएको पैसाको हिसाब अर्को महिनाको १-२ तारिखमा फेरी शुन्यमा झर्ने हविगत भएको जनसंख्या अमेरिकामा कम छैन होला । यहाँ तपार्इंको हरेक दिनको सुरुवात पैसाबाट हुनेछ । र, पैसाबाटै अन्त्य ।
नेपालमा एक जनाले कमाएर परिवारै पालिने वातावरणबाट आउनु भएकोहरुलाई यहाँ प्रत्येकले काम गर्दा पनि जीवन चल्न मुस्किल भएको देख्दा तपाईलाई डिप्रेशन पनि हुनसक्छ ।
हामी नेपालीमा धेरै थोर पढेलेखेकाहरुले सानातिना काम गर्न हुँदैन भन्ने सामाजिक घमण्ड रहेको छ । एसी र हिटर भएको कोठा घुम्ने कुर्सीमा बसेर गफ हानेर तलब खाने वातावरण खोज्दै हिड्नेहरु अमेरिकामा आएर विरामी हुन सक्छन् । नेपालमा साना तिना कामै नदेख्नेहरुलाई यहाँ आएपछि मात्रै थाहा हुन्छ कामको महत्व के हो भनेर ।
यदि डिभी भरेर पर्यो भने त तपाई यी सबै कुराको अनुभव गर्न आउनुनै हुने छ । तर हाम्रो अनुभवले भने तपाईलाई डिभी परेन भने गर्व गर्न आग्रह गर्छ । र, कामलाई सम्मान गर्नुस, आफ्नै देशलाई सम्मान गर्नुस,, घमण्ड त्यागेर नेपालमै मिहेनत गर्नुस, नेपालकै भूमिमा बढो सुख र मस्ती छ ।
त्यसो त कसैलाई पनि अमेरिका नआउनुस भन्न खोजेको होइन ।  अमेरिकामा सानो वेटरको रुपमा होटलमा काम गर्नेहरू अहिले त्यही होटलको मालिक, व्यवस्थापक, म्यानेजरसम्म भएका छन् । सच्चा सफलता र प्रगति मिहेनतबाट मात्रै प्राप्त हुने रहेछ भन्ने उदाहरण हामीले सिकेका छौं । मात्र कुरा यत्ति हो कि अमेरिकामा सफलता हात पार्न सानो मेहनतले हुँदैन् । सफल हुने धेरैको सपना मात्र सपनामा सीमित हुन्छ ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment