
जापान– बारम्बार लामो दुरीका क्षेप्यास्त्र परिक्षण र आणविक शक्ति प्रदर्शन गर्दै दुनियालाई डर त्रास र धम्कि दिदै आएको उत्तर कोरियाको न्युक्लिअर बेसमा विष्फोटन भएको समाचार प्राप्त भएको छ । उत्तर कोरियाको आणविक परीक्षणस्थलमा अकस्मात् विस्फोट भएपछि सुरुङमा पुरिएर करिब २०० जनाको मृत्यु भएको जापानी सञ्चारमाध्यमले मंगलबार जनाएका छन्।
पुङ्गे–रीमा गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले गरेको छैटौं तथा सबैभन्दा ठूलो भूमिगत आणविक हतियार परीक्षणका क्रममा सुरुङमा काम गरिरहेका १०० जनाभन्दा बढी मानिसको मृत्यु भएको जापानी टेलिभिजन असाहीले उत्तर कोरियाली गोप्य स्रोतको हवाला दिँदै उल्लेख गरेको छ ।
एएएफपीलाई प्राप्त समाचारमा भनिएको छ, ‘सुरुको विस्फोटमा १०० जनाको मृत्यु भएको र उद्धारका लागि पुगेको अर्को समूहका १०० जना उद्धारका क्रममा सुरुङ पुनः भत्किएपछि थियो।’
दुर्घटना सेप्टेम्बर ३ मा गरिएको शक्तिशाली हतियार परीक्षणका क्रममा भएको असाहीले जनाएको छ ।
विज्ञ समूहले भनेको छ, ‘भूमिगत परीक्षणले पहाड भत्किने र यसको विकिरण जमिनबाट चुहिएर चीनको सीमा नजिकैको वातावरणमा पर्नसक्छ।’
अमेरिकी भौगर्भिक विभागले परीक्षणका क्रममा विष्पोटको आवाजले पहिले ६.३ म्याग्निच्युडको भूकम्पीय धक्का महसुुस भएको र केहीबेरमा ४.१ म्याग्निच्युडको भूकम्पको महसुस भएको बताएको थियो । रासस/एएफपी
0 comments:
Post a Comment