काठमाडौको बसुन्धारामा बिहान जेब्रा क्रस गर्दै गरेको अबस्थामा एक महिलालाई ना. ४ ख ४२६२ नम्बरको बसले ठक्कर दिँदा महिलाको घटनास्थलमै मृत्यु भएको छ।

ट्राफिक प्रहरी महाशाखा काठमाण्डौंले पैदल यात्रुहरुलाई जेब्रा क्रसबाट मात्रै बाटो काट्न भन्दै जथाभाबी बाटो काटे दुइसय रुपैया जरिवाना तिराउन शुरु गरेको छ।
तर जेब्रा क्रसबाट पैदल यात्रुले बाटो काट्दै गर्दा चालकहरुले आफ्नो सवारी साधनलाई रोकेर पैदल यात्रुलाई प्राथामिकताका साथ पहिला जान दिनुपर्छ भन्ने कुराको हेक्का नराख्दा यस्ता दुर्घटनाहरु हुने गरेको छ ।
ट्राफिक प्रहरीले जथाभाबी बाटो काट्ने पैदल यात्रुहरुलाई कारबाहीको अभियान चलाउदै गर्दा जेब्रा क्रसमा गाडी बिस्तारै नचलाउने र गाडी नरोक्ने सवारी चालकहरुलाई कारबाही गर्ने गरेको देखिदैन।
0 comments:
Post a Comment