‘एमालेलाई भोट दिए कुलमान हट्छन्, फेरी हुन्छ लोडसेडिङ’

चुनावका लागि उम्मेदवारको छनौट भइरहेको बेला त्रिभुवनबस्तीकी राधिकालाई झन चिन्ता थपिएको छ । पहिलो संविधान सभाको निर्वाचनदेखि नै सूर्यमा भोट हाल्दै आइन उनी । “छिमेकीहरु पनि एमाले, आफूलाई राजनीति थाहा नभएपनि लालबहादुर र ज्ञवाली सरको कुरा मन पराएर सूर्यमा भोट दिए अहिलेसम्म” राधिका भन्छिन्, “यसपालि भने दोधारमा पो परेँ”
राधिकाको एक मनले भन्छ, एमालेलाई भोट दिम सधै. जस्तो । तर अर्को मनले मान्दैन । उनले सम्झिन्छिन् छोरीको परीक्षाको बेला काठमाडौं बसाईको दुख । राजधानीको एउटा क्याम्पसमा व्यवस्थापन दोश्रो वर्षको परीक्षा दिँदै गर्दा १४ घण्टासम्म लोडसेडिङ हुँदा छोरी रोएको सम्झिन्छिन उनी । अहिले त्यही छोरी बिबिएसको परीक्षा दिइरहेछे । “त्यो बेला बत्ती नभएर मैनबत्तीमा परीक्षाको तयारी गर्नु परेको थियो छोरीलाई, कति दिन त चिन्ता मानेर रोई पनि । अहिले चौथो वर्षको परीक्षा चलिरहेको छ उसको । कति खुशी होली बत्ती नगएर” राधिकाले भनिन् ।
मनको यही धरमरमा उनलाई लाग्छ, कतै एमालेलाई भोट दिए फेरी लोडसेडिङ हुने त होइन ? त्यति बढी बुझ्ने नभएपनि उनलाई कुलमानको नाम थाहा छ । प्रचण्ड प्रधानमन्त्री भएपछि दिएका केही निर्देशन उनले सुनेकी छिन् । अस्ति मात्रै पुनरवासमा भारतीय प्रहरी आएर नेपाली युवाको हत्या गरेको घटनामा पनि स्थानीय माओवादी नेताले खेलेको भूमिकाले उनी प्रभावित बनेकी छिन् ।
“हिजो एमालेका तर्फबाट राधा ज्ञवाली बिजुली मन्त्री थिइन रे, उनले त कुलमानलाई कता कता पठाएकी हुन रे काम गर्न सक्दैन भनेर । तर प्रचण्डले कुलमानलाई ल्याएपछि चमत्कारै गरे तिनले”
राधिकाको परिवारमा एमाले नेता लाल बहादुर विश्वकर्मा, रामकुमार ज्ञवाली, तारा लामा तामाङहरुको बाक्लै आउजाउ हुने गथ्र्यो कुनै बेला । यही भएर उनको मनमा सूर्य चिन्हको छाप पर्यो । तर अहिले आएर भने उनलाई डर छ, कुलमानका कारण बिजुली आएको हुनाले एमाले सरकारमा गएपछि कुलमानलाई हटाएपछि फेरी उस्तै पो हुने हो कि भन्ने ?
केही दिन अघि त्रिभुवनबस्ती बजार गएको बेला एउटा सानो रेष्टुरेन्टका गफ सम्झिन्छिन उनी, “हिजो एमालेका तर्फबाट राधा ज्ञवाली बिजुली मन्त्री थिइन रे, उनले त कुलमानलाई कता कता पठाएकी हुन रे काम गर्न सक्दैन भनेर । तर प्रचण्डले कुलमानलाई ल्याएपछि चमत्कारै गरे तिनले” माओवादी युवाहरुको यो कुराले उनी कुलमानसँग पनि औधी प्रभावित बनेकी छिन् ।
के गर्नुहुन्छ त ? भन्ने प्रश्नमा राधिका खुलेर जवाफ भने दिन सक्दिनन् । “घरकाले माने त माओवादीलाई नै भोट दिन्थे, अब हाम्रा लागि केही भएको भनेको यै सरकारको पालामा हो ।” राधिकाले भनिन् । प्रचण्ड सरकारले अरु के के गर्यो भन्ने कुरामा बढी जानकारी नभएपनि लोडसेडिङको अन्त्य गरेपछि सबै नेपालीलाई फाइदा पुगेको उनले बताईन । राधिकाको परिवार नै एमाले हो । त्यसैले उनलाई परिवारको डर पनि छ कता कता । खुलेर माओवादीको कुरा गर्न सक्दिनन् उनी ।
“मेरो घरमा चैं नभन्नु होला नि फेरी, मलाई हकार्छन्” हाँस्दै उनले भनिन ।
त्रिभुवनबस्ती, पुनर्वास, बेलौरी, लक्ष्मिपुर, रामपुर, बाइसेबिचवादेखि पर बेल्डाँडीसम्म राधिकाको जस्ता मनस्थिति बोक्ने धेरै महिला भएको उनले बताईन । “मलाई मात्रै होइन यो दोधार परेको । अस्ति नै कृषिको तालिममा जाँदा अरु गाविसका महिलाहरुको कुरा पनि यस्तै थियो । लोडसेडिङ नहोस् भन्नका खातिर मात्रै पनि माओवादीलाई जिताऔं भन्ने कुरा चल्यो । घरमा बरु अरुलाई नै दिने भन्ने तर चुनाव केन्द्रमा गएर माओवादीको हँसिया हथौडामा छाप हान्ने पनि भने केहीले ।” ” उनले भनिन् ।
यसअघि दोश्रो संविधानसभामा नेपाली कांग्रेसका देवानसिंहले जितेको क्षेत्र हो राधिकाको । त्यतिबेला माओवादी नेतृ बिना मगर चुनावमा उठेकी थिइन । तर थोरै मतले उनी पराजित बनिन् । कांग्रेसका सांसदले उक्त क्षेत्रमा खासै काम नगरेपछि पनि महिलाहरुले माओवादीलाई नै रोज्न सक्ने राधिका बताउँछिन् । “सांसद भन्दा बढी काम बिनाले नै गरेको सुनिन्छ । परासनदेखि त्रिभुवनबस्ती र बेल्डाँडीसम्म धेरै काम गरेकी छिन् तिनले, एकपटक तिनलाई नै मौका दिने कि भन्ने पनि तालिमको साँझ बसेको बेला केही दिदीहरुले भने । “मेरो घरमा चैं नभन्नु होला नि फेरी, मलाई हकार्छन्” हाँस्दै उनले भनिन ।
भनेपछि माओवादीलाई नै जान्छ हैन त तपाईको भोट ? कुराकानीको बिट मार्दै सोधे मैले ।

उनी हाँसिन मात्र ।
लाग्छ, राधिका जस्तै कतिपयको मनमा यही छ– “एमालेलाई भोट दिए कुलमान हट्छन्, फेरी हुन्छ लोडसेडिङ”
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment