एमालेको पूरै कमिटी माओवादी केन्द्रमा प्रवेश, गाउँमा सूर्य बोक्नेको खडेरी

२७ बैशाख

उदयपुर। जिल्लामा पूरै कमिटी माओवादी केन्द्रमा प्रवेश गरेपछि गाउँमा एमालेको चुनावी गतिविधि सुनसान भएको छ । उदयपुरको बेलका नगरपालिका वडा नंं ६ (साविक कटुन्जे बबला) को एमालेको पूरै कमिटी माओवादी केन्द्रमा समाहित भएको थियो ।
एमाले नेता तथा पूर्व गाविस अध्यक्षसहित पूरै कमिटी मा
केतिर लागेपछि गाउँमा एमालेको चुनावी चहलपहल शून्य भएको हो । एमालेका पूराना नेता जिल्ला कमिटी सदस्य रोहिनी राई, एमालेबाट २०५४ सालको स्थानीय निर्वाचनमा अध्यक्षमा विजयी जयकृष्ण राईलगायत दुई सय जनाले माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
चुनावी खम्बाले छोडेपछि गाउँमा एमालेको सिमित कार्यकर्ता बाहेक प्रचार प्रसार गरिदिने समेत कोही भएको बताइएको छ । पार्टी केन्द्रले राप्रपासँग गरेको चुनावी तालमेलबाट असन्तुष्टि जनाउँदै स्थानीय नेताहरु एमाले परित्याग गरेका हुन् ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment