भरतपुर महानगरपालिकाको मतगणना १७ गतेसम्मलाई स्थगित, आयोगले बनायो छानबिन समिति


काठमाडौं – भरतपुर महानगरपालिकाको मतगणना प्रकरणबारे छानबिन गर्न निर्वाचन आयोगले सहन्यायाधिवक्ताको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गठित समितिमा गृह मन्त्रालयका सहसचिव र प्रहरी प्रधान कार्यालयका डीआईजी सदस्य रहने निर्वाचन आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले बताए ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा ३ अनुसार समिति गठन भएको हो । समितिले १७ गतेसम्ममा प्रतिवेदन बुझाउनेछ । प्रतिवेदनका आधारमा आयोगले थप निर्णय गर्नेछ । १७ गतेसम्म मतगणना कार्य स्वत: रोकिने भएको छ ।
त्यस्तै भरतपुरमा मतपत्र च्यातिएपछि गएरातिदेखि भरतपुर महानगरपालिकाको मतगणना स्थगित भइरहँदा मतपत्र कसले च्यातेको भन्नेबारे नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आरोप प्रत्यारोप सुरु भएको छ ।नेकपा माओवादी केन्द्र चितवनले सोमबार बिImage may contain: one or more people, people on stage, people playing sports and outdoorज्ञप्ति निकालेर भरतपुर महानगरपालिकामा मतगणना भइरहेको समयमा मतगणनास्थलमा एमाले कार्यकर्ताले मतपत्र च्यातेको आरोप लगाउँदै घटनाप्रति खेद प्रकट गरेको छ ।
माओवादीका चितवन इञ्चार्ज इश्वरी भट्टराईद्वारा हस्ताक्षरित बिज्ञप्तिमा एमाले कार्यकर्ताले मतपरिणाम प्रभावित पार्ने उद्देश्यले मतपत्र च्यातेको उल्लेख छ ।
आफ्नी उम्मेदवार रेणु दाहाल जिततर्फ उन्मुख भइरहेका बेला एमालेका प्रतिनिधिले मतगणना स्थलमा मतपत्र च्यात्न खोजेपछि आफ्ना प्रतिनिधिले त्यसको रक्षा गर्ने क्रममा केहि मतपत्र च्यातिएको बिज्ञप्तिमा माओवादीको दावी छ ।चितवन माओवादीले पक्राउ परेका आफ्ना कार्यकर्ता द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेको तत्काल रिहाई र स्थानीय तह निर्वाचन अनुसार सम्बन्धित मतदान केन्द्रको पुनः मतदान गर्न माग गरेको छ ।नेपाली कांग्रेसले पनि वडा नम्बर १९ मा पुनः मतदान गर्न माग गरेको छ ।घटनाबारे नेकपा एमालेले यसअघि नै बिज्ञप्ति निकालेर पराजयको नजिक पुगेपछि माओवादीका प्रतिनिधिले मतपत्र च्यातेको आरोप लगाएको छ र उसले पुनः मतदान नभइ मतगणनाको माग गरेको छ ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment