महिलाको छातीमा रहेका दुई बाहिरी अंग स्तनलाई एक सहायक प्रजनन अङ्गको रुपमा लिने गरिन्छ । छातीमा भएका यी दुईवटा विशेष ग्रन्थीहरु शिशुको पोषणका लागि अति महत्वपूर्ण छन् । त्यसैगरि यौनको दृष्टिकोणले पनि महत्वपूर्ण हुन्छन् । शिशुको पोषणका लागि आवश्यक दुध उत्पादन गर्ने भएको हुनाले नै यसलाई सहायक प्रजनन अङ्गको रुपमा लिईएको हो ।
यसैगरि स्तन यौन आनन्द दिने अङ्ग पनि हो । महिला तथा पुरुषलाई उत्तिकै मात्रामा यसको सुम्सुम्याईले आनन्द प्रदान गर्दछ । त्यसैले स्तनको कार्य तथा बनावटको वारेमा केही मानिसहरु चिन्तिन हुँनु स्वाभाविक हो । कतिपय व्यक्तिले यसको आकार वा नापलाई नारीको व्यक्तित्व वा उसको आत्मासम्मान जोडिएको ठान्ने गर्दछन् । नारीको सुन्दरतालाई यससंग जोड्ने गरिन्छ त्यसैले यसको नाप र आकारसंग व्यक्तिको आत्मविश्वास जोडिएको हुन्छ ।
केही नारीहरु आफुमा रहेका स्तनको उमेर अनुसारको वृद्धि नभएर चिन्तिन हुन्छन् भने कोही आवस्यकता भन्दा आकारमा वृद्धि भएर चिन्तिन हुने गर्दछन् । कसैमा स्तनको विकासको गति शीघ्र हुन्छ भने कसैको सुस्त गतिमा अर्थात ढिलो विकास हुन्छ । स्तनको विकास सामान्यतय पूर्व किशोरावस्थामा मुन्टोबाहेक स्तन पूर्ण रुपमा समतल नै हुन्छ भने शुरुको किशोरावस्थामा मुन्टो वरिपरीको भाग बढ्न थाल्छ । पछिल्लो किशोरावस्थामा भने स्तनमा दुध बनाउने ग्रन्थीको विकास हुनाले बोसोको मात्रामा वृद्धि हुन्छ र मुन्टो वरिपरीको भाग पनि विकास हुन्छ, जसलाई प्रष्टरुपमा देख्न सकिन्छ ।
सामान्यतया स्तनको आकार वा नापलाई विभिन्न कुराले प्रभावित गर्ने गर्दछन् । स्तनमा तन्तुको मात्रा, वंशाणु, पारिवारिक ईतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाई वा तन्किन सक्ने गुण, रागरस (हर्मोन)हरुको प्रभाव तथा पोषणजस्ता कतिपय कुरामा भर पर्नेगर्छ ।
यौन क्रियाको समयमा स्तनको स्पर्शले पुरुषलाई उत्तेजना दिन्छ भने महिलालाई आनन्द प्रदान गर्दछ ।स्तन सम्पूण भाग नै यौन संबेदनशील भए पनि यसको मुण्टो तथा वरिपरिको भाग विशेष यौन संबेदनशील हुन्छ । स्तनको मुण्टोलाई केहीबेर खेलाए पछि उत्तेजित हुने गर्दछ ।
स्तनको आकार सानो वा ठूलो जे भए पनि यौन सुखपाउने कुरामा कुनै फरक पार्दैन । यसर्थ यौन जिवनमा तथा शिशुपालन पोषणमा स्तनको अत्यन्त महत्व रहेको छ । –एजेन्सि
0 comments:
Post a Comment