प्रहरीले सर्लाहीको हजरियाबाट सोमबार विद्युत चोरी गर्ने १३ जना एमाले कार्यकर्तालाई प्रकाउ गरेको छ । नेपाल विद्युत प्रधिकरण बरहथवा शाखा र इलाका प्रहरी कार्यालय बरहथवाको संयुक्त टोलीले विद्युत चोरी गर्ने १३ जना एमाले कार्यकर्तालाई प्रकाउ गरेको हो ।
उनीहरुलाई ४८ हजार रुपैयाँ जरिवाना तिराएर छाडिएको इलाका प्रहरी कार्यालय बहथवाका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिनुभयो । प्रहरीले बढी विद्युत चोरी हुने स्थानको पहिचान गरी कारबाहीको लागि संयुक्त टोली बनाएर खटाएको छ ।
सर्लाहीमा सबै भन्दा बढी बिद्युत चोरी दक्षिणी क्षेत्रका नगरपालिका तथा गाउँपालिकामा हुने गरेको छ । जहा एमालेका कार्यकर्ताहरुको बाहुल्यता छ । सर्लाहीमा अहिले पनि कुल खपत विद्युत मध्ये ४८ प्रतिशत बिद्युत चोरी हुने गरेको प्रधिकरणको तथ्याङ्क छ ।

0 comments:
Post a Comment