नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना, क्याप्टेन गुरुङको मृत्यु (फोटो/भिडियोसहित)

काठमाडौं । एन ए जिरो फोर एट नम्बरको नेपाली सेनाको विमान बाजुराको कोल्टि विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ ।

यो विमान हुम्लाका लागि उडेको थियो । तर, मौसम खराब भएपछि कोल्टी विमानस्थलमा अवतरण गरिएको थियो ।
त्यसक्रममा धावनमार्गबाट चिप्लिएर धान खेलमा पुगेको छ र विमानमा आगो लागेको छ । विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।
विमान दुर्घटनामा क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको छ भने अन्य क्षतिहरुको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।https://youtu.be/VlKF_w6-eC0
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment