पानी निकाल्दा यसरी बल्यो आगो, १५० मिटर खन्दा आगोको ज्वाला, ग्यास भएको अनुमान

भक्तपुरको सूर्यविनायकमा खानेपानी निकाल्न डिप बोरिङ गर्दा (जमिनमुनिको पानी निकाल्ने क्रममा) आगो बलेको छ ।  
सूर्यविनायक-१ सिरुटारमा रहेको वडा कार्यालय नजिकै खानेपानी निकाल्न डिप बोरिङ गर्ने क्रममा अचानक खाल्डोमा आगो सल्किएको हो । एक सय ५० मिटर गहिलो खाल्डो खनेपछि आगो उत्पन्न भएको हो ।  
खाल्डोबाट निस्किएको आगो ललितपुर र भक्तपुरका तीनवटा दमकलले निभाउने प्रयास गरेका छन् । केमिकल प्रयोग गर्दा पनि आगो निभाउन नसकिएको प्रहरीले जनाएको छ । खानी तथा भूगर्भ विभागले गरेको अध्ययन अनुसार यो क्षेत्रमा प्राकृतिक ग्यास रहेको पाइएको छ । प्राकृतिक ग्यासकै कारण आगलागी भएको अनुमान छ । 

Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment